प्रहरी कार्यालय
मिती २०७९।०२।१३ गते अ.११:४० बजेको समयमा जिल्ला सल्यान बागचौर नगरपालिका ८ गजौरा स्थित भित्री सडकखण्डमा पातिहाल्नाबाट तुल्सीपुर दाङ तर्फ सवारी बोकी जाँदै गरेको ना.३ ख.३८८४ नं.को बस चालकले ओरालोमा रोकी ओट लगाई बिपरित दिशाबाट आई रोकिराखेको रा.१ ख.१५५२ नं.को टिप्परतर्फ हेर्न जाँदै गर्दा एक्कासी बस गुड्न गई वाँया साईडको भित्तामा ठोक्किएको, सोही दिशाबाट आएको रा.५ प.२७३५ नं.को मोटरसाईकल च्यापिन पुगि दुर्घटना हुँदा जिल्ला सल्यान बागचौर नगरपालिका ८ कोटमौला बस्ने वर्ष ४८ को अजमद कामी दुबै खुट्टामा चोट अवस्था गम्भिर । मोटरसाईकलको पछाडी सवार ऐ.ऐ. गैरागाँउ बस्ने वर्ष ६३ की चम्फा ढकाल बाँया हातमा चोट अवस्था सामान्य । बसमा सवार ५ जना घाईते भएको र निजहरुको स्थानिय पोलिक्लिनिकमा उपचार भईरहेको । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय थारमारेबाट ट्राफिक सहित प्रहरी टोली खटिई घाइतेहरुको उद्धार गरी चालक र सहचालकलाई नियण्त्रणमा लिई ईलाका प्रहरी कार्यालयबाट अनुसन्धान भइहेको ।
मिती २०७९।०२।१३ गते अ.१०:०० बजेको समयमा दैलेख नारायण नगरपालिका-८ दासेढुङ्गा स्थित बेस्तडाबाट दैलेख तर्फ आउँदै गरेको ना.५ च.३१४१ नं.को बलेरो जिप साईड लिने क्रममा सिलिप खान गई दुर्घटना उक्त स्थानमा जि.प्र.का.बाट प्र.स.नि.को कमाण्डमा टोली खटिइ जिल्ला दैलेख भगवतिमाई गाँउपालिका १ बस्ने अन्दाजी वर्ष २४ की तुल्सा बि.क सहित अन्य ५ जना घाईते भएको घाईतेहरुको द्धार गरी उपचारको लागि जिल्ला अस्पताल दैलेखमा पठाईएको । उक्त स्थान जि.प्र.का.बाट अं.८ कि.मि.दक्षिण पर्ने । सवारी चालक नियत्रणमा, गाडी घटनास्थलमा नै रहेको, घटनाको जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको ।घाईतेहरुको विवरण१)जिल्ला दैलेख भगवतिमाई गा.पा. १ बस्ने बस्ने बर्ष २४ कि तुल्सा बि.क. दाहीने गालामा चोट अबस्था मध्यम । २) ऐ ऐ बस्ने तुलसा बि.क.को छोरी बर्ष ६की भूमिका बि.क.शरीरको भीत्री चोट मध्यम। ३) ऐ ऐ बस्ने तुलसा बि.क.को छोरा बर्ष ५ को अर्पन बि.क. शरीरको भीत्री चोट । ४)ऐ ऐ १ पग्नाथ बस्ने बर्ष १६ की लक्ष्मी बि.क. शरीरको भीत्री चोट मध्यम। ५)ऐ ऐ बस्ने बर्ष ९ कि रिता बि.क. शरीरको भीत्री चोट मध्यमा । ६) ऐ ७ बस्ने बर्ष ४२ को गणेश कामी छातीमा चोट अबस्थ बोल्न सक्ने ।
मिति २०७९।०२।११ गते अन्दाजी २०:०० बजेको समयमा जिल्ला दैलेख आठबिस नगरपालिका २ सिस्ने स्थित कर्णाली राजमार्गमा कालीकोटबाट नेपालगंज तर्फ आउदै गरेको म १ ख ६६० नम्वरको यात्रु बाहक बस सडक देखी अं.३० मिटर तल कर्णाली नदीको किनारमा खस्न गई दुर्घटना हुँदा जिल्ला दैलेख दुल्लु न.पा.९ बस्ने बर्ष ३२ को प्रेम सुनार, ऐ ऐ बस्ने बर्ष ३६ को काशिराम पाण्डे, जिल्ला कालीकोट पलाता गा.पा.३ स्थाई वतन भई हाल जिल्ला कैलाली लम्की बस्ने बर्ष ३५ को ज्ञान बहादुर बमको घटना स्थलमानै मृत्यु भएको र जिल्ला कालीकोट पचालझरना गा.पा.३ बस्ने बर्ष अ.६० की धनकला शाहीको उपचारको क्रममा मृत्यु भएको र अन्य २१ जना यात्रुलाई स्थानीय मेडीकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको उक्त स्थानमा ईलाका प्रहरी कार्यालय राकम दैलेखबाट ३ जना, ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ५ जना, जिल्ला प्रहरी कार्यालय दैलेखबाट ९ जना, प्रहरी चौकी पाल्तडा दैलेखबाट ३ जना र जलबिद्युत आयोजना सुरक्षा बेस डाब दैलेखबाट सशस्त्र प्रहरी बलबाट १५ जनाको प्रहरी टोली उद्दारको लागि खटी गएको चालक जिल्ला बाँके नेपालगंज उ.म.न.पा-२० राझाँ बस्ने बर्ष २८ को सुरेन्द्र डाँगी क्षेत्री प्रहरीको नियन्त्रणमा रहेको ।
वीरेन्द्रनगर नगरपालिका-६ शनिहलस्थित कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको संयुक्त प्रहरी टोलीले ऐ. बस्ने वर्ष ३५ को विकाश गौतम र ऐ. ९ बस्ने वर्ष २९ को दिपक थापालाई शंकास्पद रुपमा हिडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट ४० मिलिग्राम शुद्व ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ (लागूऔषध) बरामद गरी २ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कार्यालय सुर्खेतमा राखिएको ।
मिति २०७९।०२।०३ गते १९०० बजेको समयमा जि.जाजरकोट जुनिचाँदे गा.पा. ९ धडगाँउ बस्ने बहादुरे खड्काको छोरा वर्ष ३६ को रेशम बहादुर खड्कालाई भलिवल खेल्ने क्रममा कुटपिट गरी घाईते भएको । मिति २०७९।०२।०४ गते १४:०० बजे ई.प्र.का.पंचलादहमा जानकारी आइ निज घाईतेलाई उपचारको लागी सुर्खेत लैजाने क्रममा ऐ राती २४:०० बजे समयमा बाटोमै मुत्यु भएको ।ईलाका प्रहरी कार्यालय पंचलादह बाट १ घण्टा पश्चिम पर्ने घरमा मृतक लास ल्याई राखेकोले ई.प्र.का.पंचलादह बाट प्र.स.नि. को टोली र थप अनुसन्धानको लागि जि.प्र.का.जाजरकोटबाट प्र.नि. पुष्करराज पन्तको कमाण्डमा अनुसन्धान टोली खटिई जि.प्र.का. जाजरकोटबाट ७५ कि.मि.पश्चिम पर्ने बिभिन्न स्थानबाट कुटपिट गर्ने निम्न विवरणका ५ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्याल, जाजरकोटबाट अनुसन्धान भइरहेको ।निम्न:- १) जि.जाजरकोट जुनिचांदे गा.पा.९ धडगाँउ बस्ने वर्ष २५ को नरेन्द्र बस्नेत२) ऐ ऐ बस्ने वर्ष २० को जनक बस्नेत३) ऐ ऐ बस्ने वर्ष १७ को रविन बस्नेत४) ऐ ऐ बस्ने वर्ष २० को प्रेम बहादुर बस्नेत ५) ऐ. गा.पा. वार्ड नं. ९ बस्ने वर्ष ३० को शिव बस्नेत ।
३१ बैशाख, २०७९ दैलेख: महाबै गाउपालिका वडा नं. २ गैडाखाडा स्थित तिला नमुना मा.वि.मा भई रहेको मतगणना कार्यमा उपस्थित व्यक्तिहरुलाई नेपाल आर्मीले चेकजाँच गर्ने क्रममा जिल्ला कालिकोट महाबै गा.पा. वडा नं. ५ बस्ने वर्ष अं.-२५ को प्रकाश शाहीलाई कटुवा पेस्तोलमा १ (एक) राउण्ड गोली लोड गरी राखेको अवस्थामा सहित फेला पारी नियन्त्रणमा लिई नेपाल प्रहरीलाई बुझाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
२०७९, बैशाख ३० बिरेन्द्रनगर न.पा. २ गिरीघाट दोभानमा आएको हावाहुरी तथा बर्षातका कारण बाटोमा हिड्दै गरेको अवस्थामा सिमलको रुख ढली बराहताल गा.पा.२ वस्ने वर्ष ६५ को लाल बहादुर पुलामीको रुखले च्यापिएर घटनास्थलमै मृत्यु भएको छ ।
मिति २०७९।०१।२६ गते अं.१९:०० बजे जिल्ला डोल्पा शे-फोक्सुण्डो गाउपालिका ३ भिजेर नजिक पुग्दा जिल्ला डोल्पा काईके गाउपालिका ४ स्थायी वतन भई सहिद दशरथचन्द्र आ.बि.कोमास वडा नं.१ मतदान केन्द्रमा खटिएका दर्ता नं.१०४ को म्यादी प्रहरी वर्ष २४ को सुरिन बि.क.को सामान्य पेट दुखेकोमा ऐ.२७ गते पेट दुख्ने र रिगाटा लाग्ने भएको भनि खटिएका मतदान अधिकृतले निज बिरामीलाई शे-गुम्बा तर्फ झार्नु भनी दर्ता नं.१०२ काजिमान बि.क.र दर्ता नं.१८९ अनिल कामीको जिम्मा लगाई पठाईएको र उक्त शे- गुम्बामा पुगी ऐ २०:०० बजे निज सुरिन बि.क.को मृत्यु भएको भनी निजको साथमा खटिएका म्यादी प्रहरी काजिमान बि.क.ले आज २८ गते ०९:४० बजे टेलिफोन लाग्ने स्थानमा आई टेलिफोन बाट प्रहरी चौकी जेरमा जानकारी गराएको ।
प्रहरी चौकी तल्लो डुङगेश्वर :- मिति २०७९।०१।२७ गते अं. १६:१० बजेको समयमा जिल्ला दैलेख गुराँस गाउपालिका १ सेतो भीर स्थित कार्णाली राजमर्गामा जुम्लाबाट सुर्खेत तर्फ जादै गरेको क.प्र. ०२००१ ख ०२६० नम्वरको बसले बिपरीत दीशा बाट आई रहेको लु.३८प ९८०३ नम्वरको मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालक जिल्ला अछाम तुर्माखाद गाउपालिका ३ भैरब स्थान बस्ने बर्ष अ.२६ को बिमल बुढाको दाहीने खुट्टार र अनुहारमा चोट ,सोही मोटरसाईकलमा पछाडी सवार निजको श्रमती बर्ष २५ की तारा बुढा दाहीने खुट्टा र भित्रि चोट अबस्था दुबै जनाको मध्यम निजको छोरी बर्ष २ कि नाम नखुलेकी खुट्टामा सामान्य चोट उपचारको लागि क.प्र.००२००१च ४५९ नं. को गाडि द्धारा सुर्खेत तर्फ पठाईएको बस, बस चालक यस चौकीको नियनत्रणमा उक्त स्थानमा प्रहरी टोलि खटि गएको ।
प्रहारी चौकी भैरवी दैलेख :-मिति २०७९।०१।२७ गते अं.१४:०० बजेको समयमा जिल्ला दैलेख भैरवी गाउपालिका २ स्थित तिप्तडा स्थित कुन्टे तलाउमा पौडि खेल्ने भनि आएका ऐ.दुल्लु नगरपालिका ८ बस्ने शक्ति भण्डारीको छोरा बर्ष १८ को गोबिन्द भण्डारी लगयत १२ जना केटाहरु उक्त तलाउमा पौडि खेल्ने भनि आएकोमा,उक्त तलाउमा पौडि खेल्ने क्रममा निज गोबिन्द भण्डारी डुबि मृत्यु भएको भन्ने खबर ऐ.१७:०० बजे प्राप्त हुना साथ यस चौकीबाट प्रहरी टोलि खटि गएको ।
प्रहरी चौकी नाग्मागार्ड कालिकोटः- मिति २०७९।०१।२६ गते अ.२२३० बजेको समयमा जिल्ला कालिकोट तिलागुफा नगरपालिका वडा नं. ०१ नाग्मा बजार बस्ने भुपेन्द्र शाहीको श्रीमति बर्ष अ. ३० कि राधिका शाही आफ्नो श्रीमान्संग सामान्य झगडा भई घरबाट निस्केकोमा खोजतलास गर्दै जाने क्रममा निजको जाकेट तिला नदीको किनारमा फेला परेको निज राधिका शाही फेला नपरेको भनि स्थानियले मिति २०७९।०१।२७ गते अ. ०५०० बजे टेलीफोन मार्फत जानकारी गराए पश्चात तत्काल प्रहरी टोली खटि गई खोजीकार्य भईरहेको ।
मिति २०७९।०१।२१ गते राति अं.२३:३० बजेको समयमा जि.रुकुम पश्चिम त्रिबेणी गा.पा. ०९ स्थित नुवाकोट डाडामा ने.क.पा. माओवादी केन्द्र YCL र नेपाली काङ्ग्रेस तरुण दलका कार्यकर्ताहरु बीच एक आपसमा बिवाद भई YCL का कार्यकर्ताहरुले ढुङ्गा प्रहार गरी नेपाली काङ्ग्रेसको तर्फबाट त्रिवेणी गा.पा. को अध्यक्ष पदका उम्मेद्बार अमर सिंह खड्काको रा.१ ज. १२६२ नम्बर को गाडिमा क्षति पुर्याउनुका साथै प्रहरी चौकिको समेत तारबार तोड्फोड तथा ढुङ्गा प्रहार गरेको घटनामा संलग्नहरु मध्ये उक्त घटनाका नेतृत्वकर्ता त्रिवेणी गा.पा.का माओबादी केन्द्रका पार्टी अध्यक्ष ऐ. ८ बस्ने बर्ष ५० को गणेश खड्का लाई जि.प्र.का रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिई कानून बमोजिम आवश्यक कारवही भईरहेको ।
ईलाका प्रहरी कार्यालय राकम दैलेख मिति २०७९।०१।२५ गते अ.१३:५० बजेको समयमा आठबिस नगरपालिका ६ टोल स्थित द्धोन्द्धको समयमा नेपाली सेनाको टोली बसेको र सोही स्थानमा ऐ बस्ने चित्र बहादुर आचार्यले आफ्नै बारी खन्ने क्रममा बारीमा प्लाष्टिकले बाहिर बाट कालो टेपले बेरी राखेको संकास्पद बस्तु भेटीएको छ भनि सोही ब्यक्ति ले यस कार्यालयमा टेलिफोनमार्फत जानकारी गराउन साथ उक्त स्थानमा यस कार्यालयबाट कालिदत्त गुल्म दैलेख बाट क्यापटन कौसल थापाको कमाण्डमा ५ जनाको टोली खटी गई डिस्पोज गर्ने तयारी भईरहेको ।
रुकुम पश्चिम २३ गते २३:४५ बजे, बाफिकोट गाउपालिका ७ नदुवा बजार देखी अं.५०० मिटर टाढा ऐ.बस्ने वाईसियल कार्यकर्ता प्रेम बहादुर खत्रीलाई ऐ.७ का नेपाली कांग्रेशको भातृसंगठन तरुणदलका वडा संयोजक बिकास अधिकारीले हातपात गरेको बिषयलाई लिएर वाईसियल कार्यकर्ता अं.२०।२५ जना आई ऐ.७ नदुवा बजारमा रहेको नेपाली कांग्रेशको ईलाका पार्टी कार्यालय र ऐ.वडा नं.७ को नेपाली कांग्रेसको वडा अध्यक्ष उम्मेद्वार सार्के खत्रीको घरमा वाईसियल कार्यकर्ताले ढुंगामुढा गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नदुवा रुकुम पश्चिमबाट प्रहरी र म्यादी सहित १२ जनाको टोली खटी गई सम्झाई बुझाई गरी ऐ.२४ गते ०२:३० बजे तितर बितर भएको, अवस्था सामान्य ।
मिति २०७९।०१।२३ गते अ.२१:५५ बजेको समयमा भेरीगंगा नगरपालिका ५ बबई चेकपोईन्ट स्थित अस्थाई प्रहरी पोष्ट बबई सुर्खेतबाट खटिएका प्रहरी टोलीले नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको रा १ ख ४३४ नं. को ट्रक लाई चेकजाँच गर्दा उक्त ट्रक भित्र लुकाई छिपाई ल्याएको अबैध भारतीय सुपर पावर सुर्ती २०४ पोका अ. मुल्य रू ४०,०००/- ( चालिस हजार ) बराबरको फेला पारी अस्थाई प्रहरी पोष्ट बबई सुर्खेतमा ल्याई राखेको ट्रकलाई गन्तव्य तर्फ पठाईएको ।
मिति २०७८।०१।२४ गते चौरजहारी नगरपालिका १ घारी गाउं स्थित बाटोमा नेपाली कांग्रेश चौरजहारी नगरपालिका १ का वडा सभापति यज्ञस बिष्टको नेतृत्वमा अं.५०।६० जना र ने.क.पा.माओबादी चौरजहारी न.पा.१ का पार्टी वडा सदस्य ईन्द्रमणि बिष्टको नेतृत्वमा अं.२५।३० जना कार्यकर्ताहरु बिच एक-आपसमा मुडभेट हुँदा दुबै तर्फका नेपाली कांग्रेश पक्ष: चौरजहारी न.पा.१ बस्ने बर्ष ३७ को मान ब.बि.क.टाउकोमा चोट अवस्था मध्यम,ऐ.बस्ने बर्ष ३१ को त्रीलोचन गिरी टाउकोमा चोट अवस्था मध्यम,ऐ.बस्ने बर्ष ३४ को यज्ञस बिष्ट निधार र दाहिने हात,टाउको पछाडी पट्टी चोट अवस्था मध्यम रहेको, माओबादी पक्ष:चौरजहारी न.पा.१ बस्ने बर्ष ३२ को दुर्गा राज बिष्ट टाउकोमा चोट अवस्था सामान्य,ऐ.बस्ने बर्ष २५ को समिर स्वर्णकार टाउकोमा र देब्रे हातमा चोट अवस्था सामान्य, घाईतेहरुलाई उपचारको लागि मिसन अस्पताल चौरजहारीमा ल्याई उपचार भईरहेको, उक्त स्थानमा प्रहरी टोली खटिगएको।
बीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिट स्थित प्रहरी चौकी,सुब्बाकुनाबाट खटिएका प्रहरी टोली र तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरोबाट खटिएका संयुक्त प्रहरी टोलीले नेपालगञ्ज बाट सुर्खेत तर्फ आउदै गरेको क १ प ५२९ नं. को मोटरसाईकललाई चेक जाँच गर्दा मोटरसाईकल चालक जिल्ला बाँके नेपालगञ्ज उपमहा नगरपालिका-५ बस्ने बर्ष ३० को सकिल मोहमद र सोही मोटरसाईकल पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २४ को मनु खानलाई चेक जाँच गर्दा निजहरुको साथबाट २ पुरिया नापतौल नगरेको पलास्टिकमा बेरेर राखेको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, ७ ट्याबलेट नाईट्राभेट (लागूऔषध) बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय सुर्खेत तर्फ पठाएको ।
दैलेख,चामुण्डा बिन्दाशैनि नगरपालिका-६ लैनचौवर स्थित पदमपुर मध्यपहाडी लोकमार्ग जम्बुकाँध देखी दुल्लु तर्फ जादै गरेको क.प्र.००१त००१९६ नम्वरको ट्याक्टर भैरबी गाउँपालिका-३ बस्ने बर्ष अन्दाजी ३५ को गंगन तिरुवाले चलाएको ट्याक्टर एक्कासी सडक बाट ५।६ मिटर तल खस्नगई दुर्घटना हुदा सोही ट्याक्टरको सहचालक भैरबी गाउँपालिका-३ बस्ने वर्ष अन्दाजी-२२ को पबन वि.क को घटना स्थलमै मृत्यु , उक्त ट्रयाक्टरमा सबार चामुण्डा बिन्दाशैनि नगरपालिका,६ बस्ने वर्ष १९ को राजु शाही र ऐ.ऐ बस्ने वर्ष १७ को सतल शाही बेहोस अबस्थामा रहेको उक्त स्थानमा प्रहरी टोली खटीगई निज घाईतेहरुलाई उपचारकोलागी दुल्लु अस्पताल तर्फ पठाईएको, चालक फरार प्रहरीद्धारा खोजी कार्य भैरहेको ।
दैलेख,भगवतीमाई गाउँपालिका-०१ मौलेसाल बस्ने खड्क बहादुर थापाको घर नजिकै रहेको गोठमा अचानक आगलागी हुँदा गोठमा बाँधि राखेको १ वटा गाईको मृत्यु भएको र २ वटा गोरु सक्त घाईते भएको अन्य मानबिय क्षेती केही नभएको, उक्त स्थानमा प्रहरी र स्थानियको सहयोगमा २२:१५ बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको ।
सल्यान,छत्रेश्वरी गाउँपालिका-६ कल्लेखोला स्थित चालक छत्रेश्वरी गाउँपलिका-५ लेखपोखरा बस्ने वर्ष २३ को भिमसेन घर्तीले चलाएको भे.१ च.१८९९ नं.को डबल क्याप गाडिबाट नेकपा माओवादि केन्द्र पार्टीको प्रचार प्रसार गर्दै आईरहेकोमा बनगाड कुपिण्डे नगरपालिका-१ बेलखोला बस्ने वर्ष १८ को दिनेश शर्माले गाडी बिस्तारै चलेको अवस्थामा हाम फाल्दा चोट लागेको (गम्भिर) घाईतेभई चालकले उपचारको लागी परोपकार हस्पिटल श्रीनगर सल्यानमा ल्याई उपचार भईरहेको चालक र गाडी ईलाका प्रहरी कार्यालय सितलपाटीको नियण्त्रणमा रहेको ।
सुर्खेत,बीरेन्द्रनगर नगरपालिका -१० बसपार्क स्थित सुनिता होटल संचालक (नन्द बहादुर शाही ) को होटलमा चितुवाको छाला कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यलयबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले बीरेन्द्रनगर नगरपालिका-१४ दर्नाकोट बस्ने बर्ष २३ को अम्मर थापा,ऐ.ऐ. बस्ने बर्ष ४० को भरत बहादुर बुढा र ऐ.ऐ. १२ बस्ने बर्ष ४० को दल बहादुर बुढाहरुलाई चितुवाको छाला थान १ सहित नियन्त्रणमा लिई आवश्यक अनुन्धान भैरहेको ।
प्रहरी चौकी,बाङगेसिमल सुर्खेत :- मिति २०७९।०१।१२ गते अन्दाजी २३:५५ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थान स्थित रमेश पोख्रेलको ९ कोठे (सटर) १ तले टिनले छाएको सटरमा रहेको ऐ. १ बस्ने राजकुमार पौडेलको एवान ईन्टरप्राईजेज नामको पसलमा अचानक आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोलि खटि गई दमकल र स्थानियको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको, मानविय तथा अन्य पसलहरुमा क्षेति नभएको, उक्त पसलमा रहेको अन्दाजी ६।७ लाख बराबरको फेन्सि कपडा, खाद्य सामाग्री जली नष्ट भएको ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्ला, मिति २०७९।०१।११ गते १६:४५ बजेको समयमा चन्दनाथ नगरपालिका ९ श्रीढुष्का स्थित सदरमुकामवाट उमगार्ड तर्फ जादै गरेको भे.७.प.३४६८ नम्वरको मोटरसाइकलले ऐ.ऐ.बस्ने वर्ष ७ की अनुष्का तिरुवा लाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा निजको टाउको,मुख,कम्मर,दाहिने घुडामा चोट र ४ वटा दात झरेकोमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको र चालक तिला गाउपालिका ८ जुम्ला बस्ने बर्ष ३८ को राम बहादुर बस्नेतले लिई गएको उक्त मोटरसाईकल जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाको नियन्त्रणमा रहेको । अस्थाई प्रहरी पोष्ट पिली कालीकोट मिति २०७९।०१।१२ गते ०९:४५ बजेको समयमा खाँडाचक्र नगरपालिका-०८ शेरावाडा स्थित कर्णाली राजमार्गमा जुम्ला देखि सुर्खेत तर्फ आउँदै गरेको जिल्ला सुर्खेत बराहताल गाउँपालिका ०८ बस्ने वर्ष ३३ को मुन बहादुर सुनारले चलाई ल्याएको ना ७ ख १०१८ नं. को ट्रकले ऐ.ऐ. स्थित शेरावाडा बजारमा जिल्ला दैलेख महावु गाउँपालिका-०६ टाकुरी बस्ने हिक्मत दर्लामी मगरको छोरा १८ महिनाको धर्मराज दर्लामी मगर सडकमा खेली रहेको अवस्थामा ट्रकले ठक्कर दिई घटना स्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुन साथ अस्थाई प्रहरी पोष्ट पिलीबाट प्रहरी टोली खटि गएको ट्रक र चालक प्रहरीको नियन्त्रणमा, मृत बालककोलाश ऐ.ऐ.स्थित होटल व्यवसाय गरि बस्ने मावली बाजेको घरमा राखिएको ।