प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना हुदा ५ जनाको मृत्यू, ९ जना घाईते ।

२०८०-०९-०५

  • A
  • A-
  • A+
Share

रूकुम पश्चिम,

जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१० पिरिकोट स्थित भित्री सडक खण्डमा आठबिसकोट नगरपालिकाकोको कार्यालय राडी बाट भुकम्प पिडितहरुको अस्थाई घर टहरा निर्माणको लागी जस्तापाता (राहत सामाग्री) लगी ऐ.८ घर्तिगाऊ तर्फ जादै गरेको चालक जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-०९ जाल्देन बस्ने बर्ष २१ को गोपाल बि.क. ले चलाई ल्याएको (आठबिसकोट नगरपालिकाको) रा १ त १४ नं.को ट्रयाक्टर राती अन्दाजी २२:१५ बजेको समयमा घुम्तिमा मोड्ने क्रममा एक्कासी दुर्घटना हुदाँ सडक देखी अन्दाजी ३० मिटर तलको मोडमा खस्न गई दुर्घटना हुदा निम्न स्थान बस्ने निम्न ब्यक्तिहरु घाईते तथा मृत्यु भएको,

मृतकको नामावली

१. जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका -१० नाउला बस्ने बर्ष ४६ को लोक बहादुर शाही ।

२. ऐ.ऐ.बस्ने निज लोक बहादुर शाहीको श्रीमती बर्ष ४२ की चुकी शाही ।

३. ऐ.ऐ. भईडाँडा बस्ने बर्ष ५२ को भद्र सार्की ।

 ४. ऐ.ऐ.८ सार्कीवाडा बस्ने बर्ष ४८ को धनराम सार्की ।

५. ऐ.ऐ.बस्ने बर्ष ४७ की निर्मला सार्की ।

घाईतेहरुको नामावली

१. जिल्ला रुकुम पश्चिम आठबिसकोट न.पा-८ बस्ने बर्ष ४१ को खडक बहादुर पुन, ढाडमा चोट, अवस्था बोल्न सक्ने ।

२. ऐ.ऐ.१० बस्ने बर्ष ३८ को रमेश सार्की, वाँया हातमा चोट, अवस्था बोल्न सक्ने ।

 ३. ऐ.ऐ.८ बस्ने बर्ष १४ को दल बहादुर पुन, दुबै हात र घाँटिमा चोट, अवस्था बोल्न सक्ने ।

 ४. ऐ.ऐ.बस्ने बर्ष ५६ को कुमार घर्ती, ढाडमा चोट, अवस्था बोल्न सक्ने ।

५. ऐ.ऐ.बस्ने बर्ष ३४ की रमा गुरुङ (सार्की), टाउको,ढाट र पेटमा चोट, अवस्था बोल्न सक्ने ।

६. ऐ.ऐ.बस्ने बर्ष ५१ को जगविर सार्की, छाति र कोखामा भित्री चोट, अवस्था बोल्न सक्ने ।

 ७. ऐ.ऐ.बस्ने बर्ष ३६ को जय बहादुर घर्ती, छाति र दुवै खुट्टामा चोट, अवस्था बोल्न सक्ने ।

 ८. ऐ.ऐ.बस्ने बर्ष ५८ को मने सार्की, मुखबाट रगत बगिरहेको, अवस्था बोल्न सक्ने ।

९. ऐ.ऐ.बस्ने बर्ष ४२ को मदन पुन, दुबै खुट्टामा चोट, अवस्था बोल्न सक्ने । घाईतेहरुको नगर अस्पताल आठबिसकोटमा उपचार भईरहेको साथै ट्रयाक्टर घटनास्थलमै रहेको, चालक प्रहरी नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।