प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८०-१२-१३

  • A
  • A-
  • A+
Share

सुर्खेत

जिल्ला सुर्खेत बराहताल गाउँपालिका-१ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-४ स्थित कोठा भाडा गरी बस्ने बर्ष १९ को एक व्यक्तिलाई लागूऔषध ब्युरो सुर्खेतबाट खटिएको प्रहरी टोलीले शंका लागी चेक जाँच गर्दा निजको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो सेतो धुलो पदार्थ १ पुडिया र निजको कोठामा खान तालासी गर्दा १ पुडिया गरी नाप तौल गर्दा १८० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।