प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी प्रकाउ ।

२०७९-११-१७

  • A
  • A-
  • A+
Share

सम्मानित जिल्ला अदालत रुकुम पश्चिमको लगत नं.९९५ मा ९६,९४५।-(अक्षेरुपी छयानब्बे हजार नौ सय पैंतालिस) ९९७ मा ४३,४३२.५०।-(अक्षेरुपी त्रिचालिस हजार चार सय बत्तिस रुपैंया पचास पैंसा) र ९९८ मा २६,९३५।-(अक्षेरुपी छब्बिस बजार नौ सय पैंतिस) गरी जम्मा १,६७,३१२.५०।-(अक्षेरुपी एक लाख सरसठ्ठी हजार तीन सय बाह्र रुपैंया पचास पैंसा जरीवाना तोकिएका नकबजनी चोरी मुद्दाका (फरार प्रतिवादी) रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं.७ बस्ने नरदल बुढाको छोरा बर्ष २५ को महेश बुढालाई जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा निजलाई निजकै घरमा फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याई राखिएको र सम्मानित जिल्ला अदालत रुकुम पश्चिममा पेश गर्ने कार्य भई रहेको छ ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०३-३०

जुम्ला, जिल्ला जुम्ला तातोपानी गाउँपालिका वडा न.६ बस्ने बर्ष अ.२३ को हस्त खड्का, ऐ. चन्दनाथ नगरपालिका-६ स्थित बसपार्कमा कोठा भाडा लिई बसी लागु औषध सेवन बिक्री बितरण गरीरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटीईएको प्रहरी टोलीले निजको कोठामा गई रितपुर्वक खानतलासी गर्दा निज सुत्ने बिस्तरामा रातो प्लाष्टिकमा लुकाई छिपाई राखेको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो प्रदार्थ २० पुडिया (नाप तौल गर्दा ७४० मिलिग्राम) बरामद गरी मानिस सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको, थप अनुसन्धान भईरहेको ।

फरार प्रतिवादि पक्राउ ।
२०८१-०३-२६

सुर्खेत, मिति २०८१।०३।२५ गते अन्दाजी २०:०० बजेको समयमा  जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ घर भई हाल जिल्ला सुर्खेत लेखफर्सा नगरपालिका-७ बस्ने वर्ष २९ को प्रेम बहादुर शाही र निजको कान्छी श्रीमती नाता पर्ने बर्ष २७ की याम कुमारी शाहीलाई सम्मानित जिल्ला अदालत सुर्खेतको मिति २०७३।०५।३० गतेको लगत नं.१५१८ को बहु बिवाह मुद्दाका प्रेम ब. शाही १ बर्ष ६ महिना कैद र रु.१०,०००(दश हजार) जरिवाना र याम कुमारी शाही १ बर्ष कैद र रू.५,०००(पाँच हजार) जरिवाना तोकीएको फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित सुर्खेत जिल्ला अदालतमा बुझाईएको । 

फरार प्रतिवादी पक्राउ ।
२०८१-०३-२१

रुकुम पश्चिम,मिति २०८१।०३।२० गते अन्दाजी १६:३० बजेको समयमा सम्मानित अदालतबाट कैद जरीवाना फैसला भई फरार रहेका निम्न स्थान बस्ने निम्न प्रतिबादीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम मार्फत सम्मानित रुकुम जिल्ला अदालतमा बुझाईएको ।१ जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-२ बस्ने बिनोद खड्का लगत नं. १२९९-चेक अनादर२ जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-२ बस्ने मैराम पुन लगत नं. २०४ -चेक अनादर३ जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ बस्ने नेप ब.ओली लगत नं. २०७/११५- चेक अनादर४ जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-८ बस्ने मन ब. कामी लगत नं. ११६९- चेक अनादर