प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८०-०८-२०

  • A
  • A-
  • A+
Share

जुम्ला,

जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ बिजयनगर स्थित नेपाल टेलिकमको कार्यालय पछाडी ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २८ को शिशिर महतले लागुऔषध सेवन गरी हो-हल्ला गरीरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालु जुम्लाबाट सादा पोशाकमा खटिई गएको प्रहरी टोलिले निज महतको घ रवतनमा गई निजको शरीर र घरमा रितपुर्वक खानतलासी गर्दा निजले धुने भनि राखेको खैरो रङको सटको बाँया तर्फको खल्ती ( गोजी ) मा लागु औषध (ब्राउन सुगर र गाँजा) जस्तो पदार्थ लुकाई छिपाई राखेको अबस्थामा १ पुडिया बरामद गरी मानिस सहित जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई थप अनुसन्धान भईरहेको ।

 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।