प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठको गरालोले टाउकोमा हान्दा श्रीमति को मृत्यु ।

२०७९-११-०२

  • A
  • A-
  • A+
Share

दैलेख, जिल्ला दैलेख गुराँस गाउँपालिका वडा न.८ माथिल्लोगार्जा बस्ने खिम बहादुर खड्काको छोरा बर्ष २८ को कृष्ण बहादुर खड्काले सामान्य बादबिबादमा झै-झगडा हुँदा आफ्नै श्रीमती बर्ष २७ कि पार्बती बि.सी. लाई ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा निज पार्बती बि.सी.को घटना स्थलमा नै मृत्यु भएको छ, निज कृष्ण बहादुर खड्कालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।