प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८०-०८-२०

  • A
  • A-
  • A+
Share

सुर्खेत,

जिल्ला सुर्खेत बीरेन्द्रनगार नगरपालिका-१ टेम्पुपार्क स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिई गएको प्रहरी टोलिले सम्मानित दैलेख जिल्ला अदालतको लगत न.२८५ एक बर्ष छ महिना ( १ बर्ष ६ महिना ) कैद सजाय र ५,०००/- ( पाँच हजार ) जरिवाना तोकिएको जिल्ला दैलेख भैरबि गाउँपालिका-७ बस्ने बर्ष ४८ को बहुबिबाह मुद्धाको फरार प्रतिबादि राजन कुमार चापागाई लाई नियन्त्रण्मा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई सम्मानित अदालतमा पठाउने कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।