प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्रकले ठक्कर दिदा १ जनाको मृत्यु १ जना घाईते ।

२०७९-११-१५

  • A
  • A-
  • A+
Share

जिल्ला सुर्खेत बीरेन्द्रनगर नगर पालिका वडा नं. १० घुस्रा स्थित बामेखोला बाट तिनकुने तर्फ खुद्रा सामान लोड गरी आउदै गरेको भे १ ख १५२८ नं. को मिनि ट्रकले ठक्कर दिई घाईते बनाएको जिल्ला सुर्खेत बीरेन्द्रनगर न.पा.११ बस्ने बर्ष अं. ४०/४२ को कृष्ण चौधरि बाँया खुट्टा र शरिरको बिभिन्ना भागमा चोट अबस्था सिरियस र जिल्ला सुर्खेत बीरेन्द्रनगर न.पा. १० बस्ने बर्ष अं.४९ को बुद्धिराम थारुलाई बाँया हातको औलामा चोट अबस्था सामान्य, बिजुलिको पोल भाँचिएको, दुबै जना घाईतेभई माया नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको, ट्रक र ट्रक चालक जिल्ला जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ३ घर भई हाल बीरेन्द्रनगर नगरपालिका वडा नं. १० बस्ने बर्ष ३६ को रबि सार्कीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा लिएको । ऐ. ११:१० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं.११ बस्ने अं. बर्ष ४०/४२ को कृष्ण चौधरी बाँया खुट्टा र शरिरको बिभिन्न भागमा चोट अबस्था सिरियस माया नर्सिङ होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको ।

 बर्ष ४९ को बुद्धिराम थारुलाई माया नर्सिङ होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भईरहेको । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।