प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटीएको प्रहरी टोलीले ज्यान सम्बन्धि कसुर कर्तब्य ज्यान मुद्दामा सम्मानित अदालतबाट कैद जरीवाना तोकिएकोमा मिति २०६५।०४।१६ गते देखि भागि फरार प्रतिबादी लगत नं.११७७ मा २० बर्ष कैद सजाय तोकिएको जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-१ बस्ने बर्ष ३१ को अगविर खत्री भन्ने अतिराम खत्रीलाई आफ्नै घर वतनमा लुकि छिपि बसेको अवस्थामा नियन्त्रणमा लिई अवश्यक कारवाहिको लागि सम्मानित रुकुम जिल्ला अदालत पश्चिममा उपस्थित गराईएको । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।