प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सुर्खेत-सवारी दुर्घटना भएको ।

२०७९-१२-०२

  • A
  • A-
  • A+
Share

सुर्खेत, मिति २०७९।१२।०२ गते अं. ०२:३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ रत्ना राजमार्ग स्थित ठुलो बिउरेनीमा बर्दिया देखी जुम्ला तर्फ जाँदै गरेको चालक र सहचालक भएको कुखुरा बोक्ने बलेरो जिप अनियन्त्रि भई सडकको बाँया साईडमा पल्टिन जाँदा गाडीमा रहेको आदि कुखुरा मरेको; मानविय क्षेति नभएको र भेण्डरीको कागजपत्र साथैमा रहेको  । गाडीको लुकिङ ग्लास र ड्राईभर साईटको भागमा हल्का क्षेति भएको छ । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।