प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कालिकोटमा घास काट्ने क्रममा भिडबाट लडी मृत्यु ।

२०७९-१२-१४

  • A
  • A-
  • A+
Share

कालिकोट, जिल्ला कालिकोट नरहरीनाथ गाउँपालिका-४ खाती रुप्सा बस्ने पदम बहादुर सहकारीको श्रीमती बर्ष अ. -५५/५६ कि दिला देवि सहकारी काफ्लेखोला भिरमा घाँस काट्ने क्रममा भिरबाट लडी मृत्यू भएको भनि निजकै छोरा यज्ञ बहादुर सहकारीले टेलिफोन मार्फत १७:१० बजेको समयमा ईलाका प्रहरी कार्यालय कुमालगाउ कालिकोटमा जानकारी गराए पश्‍चात ५ जना प्रहरी र थप जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको  कमाण्डमा ५ जनाको प्रहरी टोली खटी गएको ।

सम्बन्धित समाचार
सवारी दुर्घटना सम्बन्धी ।
२०८०-०२-१४

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बुलबुले स्थित तिनकुनेचोकबाट मंगलगढिचोक तर्फ आउदै गरेको क.प्र. ०२००१ज.०५७३ नं.को जिपमा सोही दिशाबाट आउदै गरेको क.प्र. ०२००१प. ७८७४ नं. को मो.सा. ठोकिन जादा मो. सा. चालक जिल्ला हुम्ला ताजाकोट गा.पा. १ घर भई जिल्ला सुर्खेत बि.न.पा. १२ पिपिरा स्थित कोठा भाडामा लिई बस्ने बर्ष अ.३४/३५ को अकबिर खड्काको निधारमा चोट लागी घाईते भई माया नर्सिङ्ग होम सुर्खेतमा सामान्य उपचार पश्चात थप उपचारको लागी कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाएको र कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको, जिप र जिप चालक प्रहरी नियन्त्रणमा । 

जिप दुर्घटना सम्बन्धी।
२०८०-०२-११

मिति २०८०।०२।११ गते अं.०७:३० बजेको समयमा जिल्ला रुकुम पश्चिम बाँफिकोट गा.पा.वडा नं.८ दुली दुधार स्थित भित्री सडक खण्डमा दुलीबाट खलङ्गा तर्फ आउदै गरेको लु १ ज १७४७ नं.को मान्छे बोक्ने जिप अनियन्त्रित भई बाटो देखि अन्दाजी ४००/५०० मिटर तल खसी जिप दुर्घटना भएको भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी टोली घट्नास्थलमा पुगि उद्दार गरि जिल्ला अस्पताल सल्लेमा पठाएकोमा अस्पतालले ५ जनाको मृत्यू घोषणा, ६ जना थप उपचारको लागी कोहलपुर शिक्षण अस्पतालमा पठाईएको , २ जना  जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको र २ जना जिल्ला अस्पताल सल्लेबाट डिस्चार्ज गरिएको । जिल्ला अस्पताल सल्ले चेक जाच गर्दा १३:५० बजे मृत्यु घोषण गरेको विवरण :(१)   जिल्ला रुकुम पश्चि सानीभेरी गा.पा.५ बस्ने बर्ष ७० को कर्ण बाठा मगर ।(२)   ऐ.सानिभेरी ५ बस्ने बर्ष ४८ को देउचन खत्री ।(३)   ऐ.ऐ.बाँफिकोट गा.पा.८ बस्ने बर्ष २२ की रेखा खनाल  के.सी. । (४)   ऐ.ऐ. बस्ने बर्ष २२ की रेखा खनाल के.सी.को २२ दिने बच्चा रोशन के.सी.। (५)   ऐ.सानिभेरी ५ बस्ने बर्ष २३ को सितला कुसारी ।कोहलपुर शिक्षण अस्पताल बाँकेमा उपचाररत घाईतेहरुको विवरण:-१)              जिल्ला रुकुम पश्चिम सानीभेरी  ५ बस्ने बर्ष २३ को सितला कुसारीको छोरा बर्ष २ को प्रशिद्ध कुसारी ।२)              ऐ.ऐ.बस्ने बर्ष २० की अनिता के.सि.।३)              ऐ.ऐ.बस्ने बर्ष २२ को ललित बाठा मगर ।४)              ऐ.ऐ. बस्ने  बर्ष ४० को प्रेम बाठा मगर ।जिल्ला अस्पताल सल्ले बाट कोहलपुर शिक्षण अस्पताल बाँकेमा रिफर गरिएको घाइतेहरुको विवरण:-१.               १.                 ऐ.ऐ.बर्ष १७ की रिता खत्री । २.                ऐ. सानिभेरी गा.पा.५ बस्ने ३५ को दिपक बाठा मगर खुट्टा  ।जिल्ला अस्पताल सल्लेमा उपचाररत घाईतेको विवरण:-१)              ऐ.ऐ.बस्ने बर्ष १७ की मनिषा बस्नेत । २)              ऐ.ऐ.बस्ने बर्ष २१ की कल्पना के.सि ।जिल्ला अस्पताल सल्लेमा उपचार पश्चात डिस्चार्ज गरिएको विवरण :-१)                ऐ.ऐ.सानीभेरी गा.पा.५ बस्ने बर्ष ४६ को कर्णबिर पुन । २)               ऐ.ऐ.बस्ने बर्ष  ४६ को गम्भिर कुसारी ।