प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुनै पनि बिल नभएको अवैध सामान बरामद ।

२०७९-११-२५

  • A
  • A-
  • A+
Share

सुर्खेत, सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलिखोला स्थित खटिएका प्रहरी टोलिले कोहलपुर देखि सल्लीबजार तर्फ जाँदै गरेको भे १ च ४२५२ नं. को बोलेरो जिप लाई चेकजाँच गर्ने क्रममा कुनै पनि बिल नभएका निम्न परिणामका सामानहरु बरामद गरी यस ई.प्र.का. छिन्चु सुर्खेतमा ल्याई राखिएको, गाडीलाई गन्तब्य तर्फ पठाईएको । निम्न:- 1) कुर्ता सुरुवाल २८ पिस 2) साडी १९ पिस 3) लेङ्गा २ जोर 4) जेन्स रेडीमेड कुर्ता सुरुवाल १ जोर 5) काचो कपडा सर्ट पाईन्ट १/१ पिस 6) स्टकोटको कपडा १ मिटर (थान १) 7) गरम मसला २ प्याकेट मिक्स 8) किसमिस २ प्याकेट 9) काजु २ प्याकेट 10) बदाम २ प्याकेट 11) नधुलो मसला १ प्याकेट 12) कुरमुरे २ प्याकेट 13) लेडिज सेन्डिल चप्पल १ जोर 14) जेन्स जुत्ता २ जोर 15) सानो बच्चाको लेडिज ब्याग -२ पिस । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।