प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहीत मानिस नियन्त्रणमा ।

२०७९-१२-२२

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका-२ सुनपुर नजिक बाटोमा प्रदेश लागूऔषध ब्युरो शाखाबाट र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलिले  संकास्पद तरिकालेर उभिरहेको अवस्थामा सोही ठाउ बस्ने वर्ष १९ को श्रावण तिमिल्सेना  र बर्ष २३ को अनिल बुढाको शरिर खानतलासी गर्दा अनिल बुढाको दाहिने हातको मुठि भित्र नापतौल गर्दा शुद्ध ७० मिलिग्राम लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ ब्राउन सुगर बरामद गरी अनुसन्धानको लागि दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।