प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८०-०३-२४

  • A
  • A-
  • A+
Share

कालिकोट, जिल्ला कालिकोट रास्कोट नगरपालिका-१ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-२ बस्ने डबल शाही को छोरा वर्ष अन्दाजी १६ को बिशाल शाही लाई जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोशाकमा खटिएको ४ जनाको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-३ एरीचोक स्थित शंका लागी चेक जाँच गर्ने क्रममा निज बाट २ पुडिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नाप तौल गर्दा शुद्ध १२० मिलिग्राम सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिई राखिएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।