प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

माटोको ढिस्काले पुरीएर घाईते।

२०७९-१०-१९

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।१८ गते अन्दाजी १५:५५ बजेको समयमा जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका  वडा नं. ०३ बस्ने बर्ष अन्दाजी २७/२८को चन्द्ररुप धरला आफ्नै घरको छतमा हाल्ने माटो घर देखि अन्दाजी २०० मिटर पश्चिम तर्फ रहेको माटोको ढिस्कोमा खन्ने क्रममा माटोको ढिस्को एक्कासी माथिबाट खस्न गई माटोले पुरिएर घाईते भएको जानकारी पश्चात  उद्दारका लागी ५ जना प्रहरीको टोली खटी गई तत्काल उद्धार गरी उपचारको लागी सोहि नगरपालिकाको एम्बुलेन्स द्धारा जिल्ला अस्पताल दुनै डोल्पा तर्फ पठाईएको छ । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।