प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी प्रकाउ ।

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

जुम्ला,

मिति २०८१।०२।२९ गते अन्दाजि १२:३० बजेको समयमा जिल्ला जुम्ला गुठिचौर गाउपालिका-५ बस्ने लागत नं.४९४ मिति २०८०।०६।०९ गतेको फैसला भएका लागु औषध (ब्राउन सुगर) र लागत नं. ४६६ मिति २०८०।०४।२१ गतेको फैसला भएका कुटपिट मुद्धाका फरार प्रतिवादी बर्ष ३२ को तेजेन्द्र भण्डारीलाई लागेको रु २५,५००।जरिवाना हुने गरी फैसला भएको र जिल्ला जुम्ला गुठिचौर गाउपालिका-५ बस्ने लागत न.४६६ मिति २०८०।०४।२१ गतेको फैसला भएका कुटपिट मुद्दाका फरार प्रतिबादी बर्ष २१ को भोटे भन्ने दन्द भण्डारीलाई रु.२५,०००।जरिवाना हुने गरी फैसला भएको प्रतिबादी र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-८ बस्ने लागत न.४५४ मिति २०८०।०३।२४ गतेको फैसलाले लागु औषध (चरेश ) मुद्धामा १ महिना ५ दिन कैद हुने गरी फैसला भएको फरार प्रतिवादी बर्ष ४२ को पदम बहादुर धरालालाई समेत प्रहरी चौकी झारज्वाला जुम्लाबाट खटि गएको प्रहरी टोलीले निजहरुको घर वतनबाट फेला पारी पक्राउ गरी सम्मानित जुम्ला जिल्ला अदालतमा बुझाईएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।