प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु औषध चरेश सहीत मानिस प्रकाउ

२०७९-०९-२७

  • A
  • A-
  • A+
Share

जाजरकोट भेरी नगरपालिका वडा नं.४ शान्ति चौतारामा ऐ.बारेकोट गाउँपालिका वडा न.१ कोरेली बस्ने बर्ष अं.२४ को इन्द्र बहादुर पुन र ऐ.छेडागाड नगरपालिका ८ घोगी बस्ने बर्ष अं.२३ को ललित कुमार बुढा क.प्र.०२००१ प २९९६ न. मोटर साईकलमा  सवार गरी रहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटी गएका प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा निज इन्द्र बहादुर पुनको साथमा रहेको कालो झोला भित्र ९ ग्राम चरेश फेला पारी दुबै जना ब्यक्तीहरु र मोटरसाईकल  समेत नियन्त्रण लिई अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।