प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा ।

२०८०-०९-२४

  • A
  • A-
  • A+
Share

कालिकोट,

जिल्ला कालिकोट नरहरीनाथ गाउँपालिका वडा नं. २ चौपिकोट घर भई हाल ऐ. खाडाँचक्र नगरपालिका वडा नं. २ जितेगाडा बस्ने बर्ष अन्दाजी ३० की अमृता वि.क.ले लागु औषध (चरेस) लुकाई छिपाई विक्री गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी टोली खटि गई निज अमृता वि.क.लाई चेकजाँच गर्दा  नाप तौल गर्दा शुद्ध ६० ग्राम ८० मिली ग्राम रहेको अवैध लागूऔषध चरेश बरामद गरी अमृता वि.क. लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कालिकोटको हिरासतमा राखिएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।