प्रहरी कार्यालय
सुर्खेत, जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका-४ स्थित लागूऔषध ब्युरो सुर्खेत बाट खटिएको ५ जनाको प्रहरी टोलीले ऐ.ऐ. बस्ने बर्ष ३७ को कमल मल्लको साथबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल गर्दा शुद्ध तौल ४० मिलिग्राम सहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको ।
सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं. ६ खोर्केलाई स्थित लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएका संयुक्त प्रहरी टोलीले जिल्ला झापा दमक उप-महानगरपालिका ९ घर भई हाल जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-६ खोर्के लाईन सदभावना टोल स्थित भाडामा बस्ने बर्ष अन्दाजी २५ को सन्दिप बराइलीको कोठामा खानतलासी गर्दा कोठामा रहेको दराज भित्र लुकाई छिपाई राखेको नापतौल गर्दा शुद्ध १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र निजको साथबाट पोको कम्पनीको मोबाईल थान १, सामसुङ् कम्पनीको मोबाईल थान १ गरी २ वटा मोबाईल र नगद रु. ३,६६५।- (अक्षेरुपी तिन हजार छ सय पैसट्ठी रुपैया मात्र) बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।