प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भेरी नदीमा खसि बेपत्ता भएको ।

२०८०-०४-२७

  • A
  • A-
  • A+
Share

जाजरकोट, जिल्ला जाजरकोट भेरी नगरपालिका-७ पुन्मा बस्ने वर्ष अन्दाजी ४७ को नरु चन्द ऐ.शिवालय गाउँपालिका-१ छेडाचौर बजारबाट घर तर्फ पैदल जाने क्रममा ऐ.छेडागाड नगरपालिका-१३ गारातारा स्थित सुर्खेत छिन्चु जाजरकोट सडक खण्डको छेउमा पिसाब फेर्ने क्रममा एक्कासी चिप्लीन गई भेरी नदिमा खसेको भन्ने खबर निजको छोरा बिक्रम चन्दले प्रहरी चौकी छेडाचौरमा खबर गरे पश्चात उक्त चौकिबाट ११ जनाको टोलि खटिगएको र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट ८ जनाको प्रहरीटोली, सशस्त्र प्रहरी बल जाजरकोट बाट ११ जना सशस्त्र प्रहरीको टोलि,चन्दननाथ गण जाजरकोट बाट ११ जना नेपाली सेनाको टोलि खटिगएको ।

 हुलिया:- सेतो टी-सर्ट,निलो जिन्स पेन्ट,कालो जुत्ता लगाएको,शरिर पातलो जुँगा दाह्रि पालेको भेरी नदिमा खस्न गई वेपत्ता भएको । 

सम्बन्धित समाचार
नेपाल प्रहरी बिधिबिज्ञानको सई हु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०५-२५

प्रहरीको सई बनेर विभिन्न १६ जिल्लामा ठगी गर्ने २ जना पक्राउ परेका छन् । जिल्ला दैलेख गुराँस गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २७ को बिकाश बि.सी. लाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटी गएको प्रहरी टोलीले मिति २०८१।०५।३ गते साँझ १७:३० बजेको समयमा गुराँस गा.पा.वडा नं.६ दैलेखबाट र जिल्ला बाँके राप्तीसोनारी गाउपालिका वडा नं. ७ लालपुर बस्ने बर्ष ३६ को लोक बहादुर खाणलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।१८ गते राती २२:३० बजेको समयमा जिल्ला सुर्खेत लेकबेशी न.पा. वडा नं. २ स्थित दशरथपुरबाट पक्राउ गरेको हो ।   आफुहरु प्रहरीको बिधिबिज्ञानको सई भएको बताउँदै निज हरुले दैलेख, जाजरकोट, कालिकोट, सल्यान, भोजपुर, तेह्रथुम, मोरङ, रोल्पा, सुर्खेत, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँके लगायत १६ जिल्लाका ब्यक्तिहरुलाई निजहरुको आफन्तको बिभिन्न मुद्दाका पीडित र पीडकको स्वास्थ्य परिक्षणको क्रममा संकलन भएको स्वाव परिक्षणको परीक्षण प्रतिवेदन चाँडो झिकाई मुद्दा मिलाई मानिस छुटाई दिन्छु भनी आफ्नो नाम पुर्ण बहादुर देउवा/बिनोद खाण बताई ९७६६२०७५९३ नम्बरको मोबाईलबाट निजहरुलाई ठगी गर्ने गरेको पाईएको छ ।   हालसम्मको अनुसन्धानबाट बिभिन्न जिल्लाका १८ जना ब्यक्तिहरुबाट मुद्दा मिलाई दिन्छु भनी नगद रु.५,०६,५३५ (पाँच लाख छ हजार पाच सय पैतीस)  ठगी गरेको खुल्न आएको छ । हाल निज प्रतिबादीहरुलाई सम्मानित दैलेख जिल्ला अदालत, दैलेखबाट म्याद थप अनुमति लिई हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।  

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०५-२३

सुर्खेत, जिल्ला सुर्खेत बराहताल गाउँपालिका-९ घर भइ हाल  वीरेन्द्रनगर नगरपालिका-८ खजुरा बस्ने बर्ष २८ को चन्द्र बहादुर बुढाथोकी र वीरेन्द्रनगर नगरपालिका-३ बस्ने बर्ष २६ को भुवन भण्डारी लाई लागूऔषध नियन्त्रण ब्यूरो नियन्त्रण शाखा, सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले शंका लागी चेक जाँच गर्ने क्रममा निजहरुको साथ बाट १ पुडिया (नापतौल गर्दा १८ ग्राम ५४० मिलिग्राम) लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र नगद रु. १० हजार ९०० सहित बरामद गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०५-११

सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला जुम्ला हिमा गाउँपालिका-३ स्थायि घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बुलबुले नजिक एक होटेलमा कोठा लगी बसेको बर्ष २३ को प्रकाश नाथ योगीलाई चेक जाँच गर्ने क्रममा निजको साथबाट ७ पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नापतौल गर्दा  १० ग्राम ४० मिलि ग्राम), मोबाइल १ थान र नगद रु. ४३,५००( अक्षेरूपि रू त्रिचालिस हजार पाँच सय) सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धाका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई अनुसन्धान भईरहेको ।