प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा ।

२०७९-११-१६

  • A
  • A-
  • A+
Share

सुर्खेत, बिरेन्द्रनगर नगरपालिका वडा नं. ६ खोर्केलाई स्थित लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध व्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएका संयुक्त प्रहरी टोलीले  जिल्ला झापा दमक उप-महानगरपालिका ९ घर भई हाल जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-६ खोर्के लाईन सदभावना टोल स्थित भाडामा बस्ने बर्ष अन्दाजी २५ को सन्दिप बराइलीको कोठामा खानतलासी गर्दा कोठामा रहेको दराज भित्र लुकाई छिपाई राखेको नापतौल गर्दा शुद्ध १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र निजको साथबाट पोको कम्पनीको मोबाईल थान १सामसुङ् कम्पनीको मोबाईल थान १ गरी २ वटा मोबाईल र नगद रु. ३,६६५।- (अक्षेरुपी तिन हजार छ सय पैसट्ठी रुपैया मात्र) बरामद गरी  जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।