प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ढुङ्गाले च्यापि मृत्यु भएको ।

२०८०-०३-०४

  • A
  • A-
  • A+
Share

जुम्ला, जिल्ला जुम्ला गुठिचौर गाउँपालिका-४ उखाडी भन्ने स्थानमा पलनधारा खानेपानी आयोजनाको काम गर्ने क्रममा ऐ ऐ वस्ने केदार अधिकारी को श्रीमति वर्ष ३४ की सत्यदेवि अधिकारी लाई माथि बाट ढुङगा आई ढुङगाले च्यापी घाईते भई उपचारको लागी निजको जेठाजु भुमिचन्द्र अधिकारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला मा लिई आएकोमा उपचारको क्रममा मृत्यु भएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।