अविरल वर्षाको कारण डोल्पा जिल्लामा १ जना घाईते र १ जनाको मृत्यु
२०८३-०३-२१
- A
- A-
- A+
डोल्पा,
मिति
२०८३।०३।२१ गते ०३:०० बजेको समयमा अविरल बर्षादको कारण जिल्ला डोल्पा जगदुल्ला गाउँपालीका
५ गैरीगाउँ स्थित धुलाखोलामा हिलोमाटो सहितको बाढी आएको भन्ने खबर प्राप्त हुना
साथ प्रहरी चौकी माझगाउ डोल्पाबाट प्र.स.नि. रघुनाथ पाण्डेको कमाण्डमा ५ जनाको
टोली खटिगई स्थानिय र प्रहरीको सहयोगमा उक्त स्थान बस्ने लाक्षिमाने
बि.क.को छोरी बर्ष अन्दाजी ५५/५६ कि आनन्दा बि.क. (अविवाहित, बोल्न नसक्ने)
सुतिरहेको अबस्थामा पुरिएको र निज आनन्दी बि.क.लाई उद्धार गरी उपचारको लागि
स्वास्थ्य चौकी तर्फ लैजाने क्रममा मृत्यु भएको । र उक्त घटना स्थलमा जि.प्र.का.
डोल्पाबाट प्र.नि. पदम रावलको कमाण्डमा SOCO सहित ५ जनाको
टोली, इ.प्र.का. काईगाउ डोल्पाबाट प्र.ना.नि. मन ब. थापाको कमाण्डमा ७ जना र
अ.प्र.पो. हुरिकोट डोल्पाबाट प्र.ब.ह. नवराज खड्काको कमाण्डमा ३ जनाको टोली, सशस्त्र
प्रहरी वल नेपाल नं. ४६ गुल्म हे.क्वा दुनै डोल्पाबाट स.प्र.नि. धिरेन्द्र ब.
बडुवालको कमाण्डमा १० जनाको DM सहितको टोली, नेपाली सेनाको तैजुम पोष्ट जगदुल्ला १ बाट जमदार
दिपेन्द्र कटुवालको कमाण्डमा ९ जनाको टोली खटिएको । १ घर पुर्ण क्षति भएको र ९ वटा
घर आंशिक क्षति भएको ।
क्षतिको विवरण:-
१) आनन्दा
बि.क.को घर आंशिक क्षति भएको, परिवार संख्या ६ जना मृत्यु
१ जना र अन्य सबै सम्पर्कमा रहेको ।
२) ढोली
कामीको घर आंशिक क्षति भएको, परिवार संख्या २ जना घाईते १
जना अन्य सम्पर्कमा रहेको ।
३) नविन
बि.क.को घर पुर्ण क्षति भएको, परिवार संख्या ४ जना घाईते कोही नभएको, सबै
सम्पर्कमा रहेको ।
४) सेतु
बि.क.को घर आंशिक क्षति भएको, परिवार संख्या ७ जना घाईते कोही नभएको, सबै
सम्पर्कमा रहेको ।
५) राजेन्द्र
बि.क.को घर आंशिक क्षति भएको, परिवार संख्या ५ जना घाईते कोही नभएको, सबै
सम्पर्कमा रहेको ।
६) मिनराज
बि.क.को घर आंशिक क्षति भएको, परिवार संख्या ४ जना घाईते कोही नभएको, सबै
सम्पर्कमा रहेको ।
७) नैन
सिंह बि.क.को घर आंशिक क्षति भएको, परिवार संख्या ३ जना घाईते कोही नभएको, सबै
सम्पर्कमा रहेको ।
८) रातो
बि.क.को घर आंशिक क्षति भएको, परिवार संख्या ६ जना घाईते कोही नभएको, सबै
सम्पर्कमा रहेको ।
९) रेउली
बि.क.को घर आंशिक क्षति भएको, परिवार संख्या ५ जना, अन्य सबै सम्पर्कमा रहेको ।
१०)
संगिता बुढाको घर आंशिक क्षति भएको,
परिवार संख्या ३ जना घाईते नभएको, सबै सम्पर्कमा रहेको ।