प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

सल्यान,

सम्मानित जिल्ला अदालत सल्यानको लगत नं. ९१ मिति २०५९।१०।२६ गतेको फैसला अनुसार २ बर्ष कैद सजाय तोकिएको लागु औषध (गाजा,चरेश) मुद्दाको फरार प्रतिवादी जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका-४ कालापानी बस्ने बर्ष ६८ को प्रेम बहादुर पुन भन्ने गोबर्धन पुन लाई जिल्ला जाजरकोट शिवालय गाउँपालिका-१ मोर्ख बाट ईलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरी टोलिले पक्राउ गरी सम्मानित जिल्ला अदालतमा पेश गरिएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।