प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सल्यानमा मृत अवस्थामा फेला ।

२०७९-११-२१

  • A
  • A-
  • A+
Share

सल्यान, जिल्ला सल्यान छत्रेश्वरी गाउपालिका वडा नं.- ५ बाग बजार जुमकोट बस्ने बर्ष अं. ७४ को चित्रमान खत्री खरघाँस लिन जान्छु भनि आफन्तको खरबारी तर्फ गएकोमा साँझ अबेर सम्म घर फर्की नआई आफन्तहरुले खोजतलास  गर्दै जाने क्रममा ऐ.२०:३० बजेको समयमा बाँझो खेतमा घोप्टो परि मृत अबस्थामा फेला परेको भनि ऐ.वडाको वडा सदस्य धुम बहादुर के.सी. ले टेलेफोन मार्फत  प्रहरी चौकी भोटेचौरमा खबर गरे पश्चात प्रहरी टोली खटिई गई घटनास्थल सुरक्षित गरेको र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय  सल्यान बाट SOCO सहित प्रहरी टोली खटिई गएको । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।