प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ ।

२०७९-११-०८

  • A
  • A-
  • A+
Share

सम्मानित सुर्खेत जिल्ला अदालत सुर्खेतको लगत नं. ३१२२ बहु विवाह मुद्दामा १ बर्ष कैद रु.१० हजार जरिवान र ४०० क्षति पुर्ती तोकिएको फरार प्रतिवादी जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. १० रहलपुर बस्ने बर्ष अं. ३५/३६ की सुस्मा थापा भन्ने छली कुमारी थापालाई यस कार्यालय बाट सादा पोसाकमा खटिएका प्रहरी टोलिले निजको घर वतन नजिक बाट पक्राउ गरी यस कार्यालयमा ल्याई फैसला कार्यालयको लागि जिल्ला अदालत सुर्खेत पठाउने पहल भई रहेको ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।