प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याकटर दुर्घटना हुदा ३ जना घाईते ।

२०७९-१२-१४

  • A
  • A-
  • A+
Share

मुगु, जिल्ला मुगु सोरु गाउँपालिका-९ मा फेस नेपाल संस्थाले किसान लाई बितरण गर्ने अदुवा र बेसारको बिउ लोड गरि गमगढी बाट खन्या तर्फ जाँदै गरेको चालक मुगु छाँयानाथ रारा नगरपालिका-४ छत्यालवाडा बस्ने बर्ष ३६ को भुपिचन्द्र परियारले चलाई लगेको भे१त ९६५२ नं.को टयाक्टर एकासी ब्रेक फेल हुनगई रोडमा पल्टिन जादा चालक सहित ३ जना सामान्य घाईते भई उपचार पश्चात डिष्चार्ज भएको ट्याक्टर घटना स्थलमा उठाउने पहल भैरहेको ।

 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।