प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८०-०२-२८

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढी चोक नजिक रहेको हार्दिक होटलमा शंकास्पद रुपमा बसिरहेका २ जना व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट नापतौल नगरेको कालो प्लाष्टिक भित्र डल्लो पारी राखेको लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ , नेपाली रुपैया ३,०००।–(तिन हजार), भारतिय रुपैया २,६००।–(दुई हजार छ सय) , सादा मोबाईल थान -१ र टच मोबाईल थान-१ सहित बरामद गरी बरामद सामान सहित २ जना मानिस नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिई राखिएको ।

 निम्न नियन्त्रणमा लिएका मानिसहरु:-

१. जिल्ला कालिकोट सान्नीत्रिवेणी गाउँपालिका-३ बस्ने अन्दाजी बर्ष ३०को अर्जुन देवकोटा । ( निजको साथबाट ला. औ. फेला परेको )

२. जिल्ला बाँके नेपालगंज उप-महानगर पालिका-११ बस्ने अन्दाजी बर्ष २४ को खिरोज खान । उक्त लागूऔषध नापतौल गर्दा शुद्ध तौल ८ ग्राम रहेको । ‍जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट थप मद्दतमा खटिएको ६ जनाको प्रहरी टोलिले वीरेन्द्रनगर नगरपालिका-३ माया कर्णाली होटलको कोठा न. १०२ बाट जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका १८ बस्ने बर्ष अ. २३ की सारदा सिंह लाई नापतौल गर्दा शुद्ध तौल ११ ग्राम ८२० मिलिग्राम, सादा मोबाईल थान १ सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई राखिएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-१४

सुर्खेत, मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० तोलिखोला स्थित रत्नराजमार्गमा ड्युटिमा खटिएको प्रहरी टोलिले नेपालगंज बाट सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१प ७२२३ न.को मोटरसाईकल लाई शंकास्पद लागि चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको पेट्रोल हाल्ने प्वालमा भ्यासस्लिङको डिब्बामा लुकाई छिपाई राखेको लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ थान- ५ पुडिया फेलापारि मोटरसाईकल चालक जिल्ला सुर्खेत लेकबेशी नगरपालिका-०३ गोरामारे बस्ने बर्ष २० को व्यक्ति र सोही मोटरसाईकलमा सवार जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-७ बस्ने बर्ष १९ को व्यक्तिलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय छिन्चुमा ल्याई थप अनुसन्धान भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-१४

सुर्खेत, मिती २०८१।०१।१४ गते जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ ब्यूरेनि स्थित लागूऔषध ब्युरो नियन्त्रण शाखा कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलीले नेपालगंज देखि सुर्खेत तर्फ आउदै गरेको क.प्र.००६३९२ नं. को. मोटरसाईकललाई चेकजाँच गर्दा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने बर्ष अ.२७ को नरेन्द्र ठाडाँ मगर र ऐ.ऐ. बस्ने बर्ष अ. ३८ को दुर्ग ब. अधिकारीको साथ बाट लागूऔषध खैरो हिरोईन जस्तो देखिने ४ पोका (नाप तौल नभएको) नापतौल गर्दा शुद्ध तौल ५ ग्राम १६० मिली ग्राम  फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।