प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : आगजनी
बम फेला परेको सम्बन्धमा
२०८३-०१-१९

१९ बैशाख २०८३, सल्यान ।जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र प्रशिक्षण भवनको जग खन्ने क्रममा बम जस्तो देखिने शंकास्पद बस्तु फेला पारे पश्चात नेपाली सेनाको बम डिटेक्टर तथा डिस्पोजल टोलीलाई बोलाई माईन डिटेक्टर मेशिनबाट उक्त स्थान तथा वरपर चेकजाँच गर्दा सकेट बम थान-८२, सुतली बम थान-३, बोतल बम थान-१, Explosive- ५०० ग्राम, Radio IEDs थान- ७, फायरिङ केवल १० मिटर र बम बनाउन प्रयोग गरिने मेटल पार्टस २ के.जी. फेला पारी जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम आज मिति २०८३ साल बैशाख १९ गते शारदा नगरपालिका वडा नं.-०३ सल्यान स्थित सिता सामुदायिक वनमा नेपाली सेनाको बम डिस्पोजल टोली द्धारा सुरक्षित साथ फेला परेका सम्पूर्ण बमहरु डिस्पोज तथा निष्कृय गरिएको ।

घरमा आगलागी हुदा २ जनाको मृत्यु ।
२०८०-१०-२२

मुगु, जिल्ला मुगु खत्याड गाउँपालिका-२ गाडेखोला बस्ने लाले संज्यालको श्रीमती बर्ष ३० की सरस्वती सन्ज्यालले आफ्नै घरको ३ तले ६ कोठे जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतीरहेको अवस्थामा एक्कासी आगलागी भई घरभित्र रहेका निजको छोरा बर्ष १४ को बिशाल संज्याल र छोरी बर्ष १२ की झरना संज्याल फेला नपरेको, ४ वटा गाई गोरुको मृत्यु भएको भनि स्थानियले प्रहरी चौकि खत्याडमा टेलिफोन मार्फत जानकारी गराए पश्चात उक्त चौकीबाट प्रहरी टोलि खटिई गई स्थानियहरुको सहयोगमा आगो पुर्ण रूपमा नियन्त्रणमा लिईएको र निज दुवै जना दाजु बहिनि आगोले जलि नचिनिने अवस्थामा फेला पारी घटनास्थलमै  डाक्टर टोलि लगी चेकजाच गर्दा मृत घोषणा गरी पोष्टमार्टम गरेको, मृतकको आमाले लाश बुझिलिएको ।