प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सेनिटाईजर सेवन गरि बिरामी भएको सम्बन्धी ।

२०७९-११-१५

  • A
  • A-
  • A+
Share

जिल्ला सल्यान बागचौर नगर पालिका वडा नं. ९ डाँगीगाउ बस्ने अन्दाजि बर्ष ५२ को ईमान डाँगीले माधक पदार्थ सेवन गरी आफ्नै घरमा २५० मि.ली. को बोतलमा राखेको सेनिटाईजर सेवन गरी बेहोस भई सहज पोलिक्लिनिक बागचौर थारमारेमा ल्याइ सामान्य उपचार पश्चात थप उपचारको लागी जिल्ला अस्पताल सल्यानमा ल्याएकोमा थप उपचारको लागी नेपालगंज बाँके रिफर भएको अबस्था मध्यम हल्का बोलिरहेको ।

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।