प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८०-१२-१५

  • A
  • A-
  • A+
Share

  सुर्खेत,

 जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ स्थित तातापानी शिवशक्ति टोल स्थायी घर भई सोहि स्थान बस्ने बर्ष २८ को राज कुमार बि.सी.को घरमा शंका लागी लागूऔषध ब्युरो सुर्खेत बाट र जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट खटिएको प्रहरी टोलिले निजको घरको कोठामा चेकजाँच गर्ने क्रममा लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ निलो प्लास्टिकमा हरियो डोरिले बाधेको सानो, ठुलो गरि ३३ पुडिया, लागूऔषध बनाउन प्रयोग गर्ने प्लेट-१२ थान, कैँची -१३ थान, पुडिया बाध्न प्रयोग गर्ने धागो -१४ थान र नगद रु- ८,५००/-(अक्षरूपि  आठ हजार पाँच सय) सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०१-०१

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ पदमपुर स्थित लागूऔषध नियन्त्रण व्यूरो सुर्खेत बाट खटिएको प्रहरी टोलिले ऐ. बस्ने बर्ष २२ को शुशिल सुनार र जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१० डेरा गरि बस्ने बर्ष २३ को देवेन्द्र सुनार लाई शुशिल सुनारको घरमा खानतलासि गर्दा निजहरुको साथ बाट लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ पोका, नापतौल गर्ने डिजिटल तराजु थान-२, कैचि थान-१, धागो गोलि थान-२, नगद रु. ७,३००/- ( सात हजार तिन सय ) फेला पारि बरामद गरि दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।