प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध सुर्ति वरामद ।

२०८०-१०-२६

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत पन्चपुरी नगरपालिका-३ सालकोट बजारमा सुर्खेतबाट बाबियाचौर तर्फ जादै गरेको भे.१.च. २०३७ नम्बरको रिटोल्डिङ पिक अप गाडीलाई प्रहरी चौकी सालकोटबाट खटिएको  प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अबैध सुपर पावर सुर्ती थान ९०० पाकेट अन्दाजि मूल्य रु. १३,५००।- (अक्षेरूपि तेह्र हजार पाँच सय मात्र) वरावरको फेला पारी नियन्त्रणमा लिइ आवश्यक कारवाहिका लागी प्रहरी चौकी सालकोटमा ल्याई राखिएको , सवारी लाई गन्तब्य तर्फ छोडिएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-११-१४

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ पिपलडाँडा बस्ने बर्ष ३० को सनतराज बोगटिको घरमा लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो कर्णाली प्रदेश सुर्खेत शाखा बाट खटिएको प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटिकोईलि सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले निजको घरमा चेक जाँच गर्दा निजको घरको सुत्ने कोठा र घरको छतमा लुकाई छिपाई राखेको अवस्थामा नापतौल नगरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ८४ पुडिया, ठुलो २ पोका, निजले प्रयोग गर्ने भे.५ प. ५६४१ नं. को मोटरसाईकल  र कैचि थान १ सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।