प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठ सहित चालक नियन्त्रणमा

२०७९-१०-०९

  • A
  • A-
  • A+
Share

जिल्ला सुर्खेत चौकुने गाउँपालिका-९ झ्यानझ्याने भन्ने स्थानमा चौतुरा देखी घाटगाउँ तर्फ जाँदै गरेको से. १ त ९३९६ नं. को ट्याक्टरमा चालक ऐ.ऐ. १० बस्ने बर्ष १६ को खेमराज रिजालले कुनै पनि कागजपत्र नभएको सालको काठ लम्बाई ७ फिट चौडाई ३ फिट भएको ४ वटा गोलिया सहित ४ जनाको प्रहरी टोलीले नियन्त्रणमा लिएको सवारी चालक अनुमती पत्र नभएको उक्त ट्याक्टरमा चालक मात्र रहेको आफ्नो घर प्रयोजनको लागी लिदै गरेको अबस्थामा नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अवैध रुपमा ल्याएको सामान बरामद।
२०७९-१०-२२

सुर्खेत, माघ २१ गते । जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका -१० टोलीखोला स्थित रत्न राजमार्गमा हाईवे चेकिङमा खटिएका १३ जना प्रहरीको डग टोली समेतले नेपालगन्ज देखि सुर्खेत तर्फ आउँदै गरेको बा.३ख४०९८ नं. को फोर्स गाडीलाई चेक जाच गर्दा कुनैपनी बिल नभएको कुर्ता सुरुवाल ठुलो पिस ५९ अङ्किल मुल्य (८८,५००/-), कुर्ता सुरुवाल सानो पिस अङ्कित मुल्य (७,०००/-), र अन्य  विभिन्न कस्मेटिक सामानहरू अङ्कित मुल्य (५०,०००/-) (जम्मा :- १,४५,५००/-) बराबरको अबैध रुपमा ल्याएको सामान बरामद गरी सामान ईलाका प्रहरी कार्यालय को नियन्त्रणमा राखी गाडी गन्तव्य तर्फ छाडिएको छ ।