प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध मल बरामद ।

२०७९-१०-०५

  • A
  • A-
  • A+
Share

सल्यान:  बागचौर नगरपालिका-९ पातिहाल्ना स्थित कपुरकोट गाउँपालिका-५ खालिमा रा. १ ख. २३९१ नम्बरको मिनी ट्रकमा ५० बोरा डि.ए.पि. र ३ बोरा पोटास गरी जम्मा ५३ बोरा रासायनिक मल जिल्ला रोल्पा गंगादेब गाउँपालिका-५ बस्ने बर्ष ३३ को गोपाल कुमार ओलीले रोल्पा तर्फ लैजादै गर्दा अस्थाई प्रहरी पोष्ट पातिहाल्नाको चेक पोईन्टमा चेकजाँच गर्ने क्रममा फेला परेकोले गाडि, गाडि चालक र मल साहुलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।