प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस पक्राउ ।

२०७९-०९-२२

  • A
  • A-
  • A+
Share

मिति २०७९।०९।२२ गते अं.१४:२० बजेको समयमा तालुक कर्णाली प्रदेश लागूऔषध ब्युरो शाखा सुर्खेत बाट शादा  पोशाकमा खटिएका संयुक्त प्रहरी टोलीले जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. ६ सनिहल लाईन स्थित बजारमा हिडिरहेको ऐ.ऐ.९ बस्ने बर्ष २४ को उत्सब जि.सि.लाई शंका लागि चेक जाँच गर्दा निजको साथ बाट नाप तौल नगरेको १ पुरिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको हुदा थप अनुसन्धानको लागि उक्त स्थानमा प्रहरी टोली खटिगई बारामद लागूऔषध र मानिसलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।