प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध सुपरपावर सुर्ति बरामद ।

२०८०-११-१५

  • A
  • A-
  • A+
Share

सुर्खेत,

 जिल्ला सुर्खेत भेरिगंगा नगरपालिका-५ बबई चेक पोष्टमा चेकिङ डिउटिमा खटिएका ४ जनाको प्रहरी टोलिले नेपालगंज देखी सुर्खेत तर्फ आउदै गरेको क.प्र.०२-००१ ख००६४ न.को मिनिबस लाई चेकजाँच गर्ने क्रममा बिल भरपाई  नभएको अबैध सामान ८९ पोका( अन्दाजी मुल्य रू १५१३० पन्ध्र हजार एक सय तिस) बराबरको  सुपरपावर सुर्ती बरामद गरी अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतमा ल्याई राखिएको थप अनुसन्धान भईरहेको, गाडीलाई गन्तव्य तर्फ पठाईएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।