प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रण ।

२०८१-०२-२९

  • A
  • A-
  • A+
Share

सुर्खेत,

मिति २०८१/०२/२९ गते अन्दाजि १३:०० बजे बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादि लगत नं.२६८६ सजाय १ महिना ५,०००००।–(पाँच लाख ) जरिवाना सहित सम्मानित जिल्ला अदालत सुर्खेतले मिति २०७८।०३।०३ गते गरेको फैसला अनुसार जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका-९ बस्ने बर्ष अन्दाजि ४० को श्यामलाल चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले निजको घर वतनमा फेला पारी नियन्त्रणमा लिई सम्मानित सुर्खेत जिल्ला अदालतमा बुझाईएको ।

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।