प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जंगली च्याउ खाँदा गम्भिर घाईते भएको ।

२०७९-०४-२१

  • A
  • A-
  • A+
Share

मिति २०७९।०४।२० गते अं.१८:०० बजेको समयमा जिल्ला सल्यान शारदा नगरपालिका -०४ साईलाकम्द बस्ने दिर्घ बस्नेतको परिवारले जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका ४ जना विरामी भई उपचारको लगि  मिती २०७९।०४।२१ गते अ.०६:०० बजेको समयमा जिल्ला अस्पताल सल्यानमा ल्याई उपचार भईरहेको श्रीमती वर्ष ४० की मिना बस्नेत, निजकी छोरी पबित्रा बस्नेत, ऐ.ऐ.बस्ने केशर बस्नेतको छोरा वर्ष ९ को जोन बस्नेत अवस्था सामान्य रहेको  र केशर बस्नेतकै छोरी वर्ष अ. ४ की जोशना बस्नेत अवस्था गम्भिर रहेको ।

मिति २०७९।०४।२० गते अं. १७:०० बजेको समयमा जिल्ला सल्यान बनगार कुपिण्डे नगरपालिका -०९ जैतपानी बस्ने भुप बहादुर वलीको परिवारले जंगलबाट ल्याएको च्याउ खाँदा एकै घरका ५ जना विरामी भई उपचारको लागि ऐ. २१:१५ बजेको समयमा जिल्ला अस्पताल सल्यान ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ. २१: ३० बजेको समयमा प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको अवस्था सुधार भईरहेको ।  

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।