प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा ।

२०८०-०५-११

  • A
  • A-
  • A+
Share

सुर्खेत, जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका-४ बराइचे भन्ने स्थानमा लागूऔषध कारोबार भईरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको ७ जनाको प्रहरी टोलीले उक्त स्थानमा पुगी जिल्ला हुम्ला सर्केगाड गाउँपालिका-४ बस्ने बर्ष अन्दाजी २७ को मोहन शाहीलाई चेकजाच गर्दा नापतौल गर्दा  शुद्द तौल १८० मिलिग्राम रहेको लागूऔषध जस्तो देखिने खैरो धुलो पदार्थ सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा ल्याई राखिएको थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।