प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा लास फेला ।

२०७९-०८-११

  • A
  • A-
  • A+
Share

मिति २०७९/०८/१० गते अं.१३०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय जाजरकोट छेडागाड नगरपालिका वडा नं. १३.पिपलतडा बस्ने भद्र बहादुर सुनारको श्रीमती बर्ष अं.३४ कि पान्सरा सुनार आफ्नै गाई भैसी बाध्ने पुरानो गोठमा मृत अवस्थामा रहेको र निजको श्रीमान सम्पर्कमा नरहेको भनि स्थानियले जानकारी गराएपश्चात यस चौकीबाट  प्रहरी टोली खटिगई  पोष्ट मार्टम पश्चात  लास मृतकको दाई बिरेन्द्र बि.क.ले बुझि लिएको । 

सम्बन्धित समाचार
अटो रिक्साले मोटरसाईकल र पैदल यात्रीलाई ठक्कर दिदा ३ जना घाईते ।
२०७९-०८-१२

मिति २०७९।०८।१२ गते अं. १२:०५ बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ धमला चोक नजिक कालिनचोक बाट घण्टाघर तर्फ आउदै गरेको क.प्र. ०२००१ ह. ०२७८ नं. को अटोले शंकर चोक बाट क्याम्पस रोड तर्फ जाँदै गरेको भे. ८ प. १२१७ नं. को मोटरसाईकल र पैदलयात्रीलाई ठक्कर दिदा पैदल यात्री वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३५ को अनिल शाही दुबै हात खुट्टामा चोट लागि देउती अस्पतालमा उपचार भईरहेको र मोटरसाईकल चाकल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ गर्पन बस्ने बर्ष २८ को लोक बहादुर राना दुबै खुट्टा, मुखमा चोट मोटरसाईकल पछाडी सवार बर्ष ३० को टिकाराम रानाको बिभिन्न भागमा चोट दुवैजनाको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भईरहेको, प्रहरी टोली खटिगई दुबै सवारी साधन ट्राफिकको नियन्त्रणमा अटो चालक फरार खोजी कार्य भईरहेको । 

बिष्पोटक पदार्थ बिछ्याउने क्रममा माथिबाट ढुङ्गा लाग्न गरी घटनास्थलमा नै मृत्यु भएको ।
२०७९-०८-११

मिति २०७९।०८।११ गते अं.१२:३० बजेको समयमा जिल्ला हुम्ला खार्पुनाथ गाउपालिका वडा नं. १ सुनखडा भन्ने स्थानमा बराहदल गुल्म अन्तर्गत कर्णाली करिडोर सडक निर्माण कार्यदल सुनखडामा कार्यरत अ.म.खेमराज पोखरेल सडकमा बिष्पोटक पदार्थ बिछ्याउने क्रममा सडक माथि बाट ढुङगा खस्न गई  सडक भन्दा १०० मिटर तल खसी घटनास्थलमा नै मृत्यु भएको भनि अस्थायी प्रहरी पोष्ट याङचुमा जानकारी गराए पश्चात उक्त स्थानमा प्र.ब.ना.नि.को कमाण्डमा ३ जनाको टोलि र जिल्ला प्रहरी कार्यालयबाट प्र.नि.को कमाण्डमा ३ जना गरी ६ जना प्रहरी टोली खटि गएको । 

ट्याक्टर दुर्घटना हुँदा २ जना घाईते ।
२०७९-०८-११

मिति २०७९।०८।११ गते १०:३० बजेको समयमा जिल्ला रुकुम पश्चिम चौरजहारीबाट बिद्युतको पोल लिन मुसिकोट तर्फ आउने क्रममा सानोभेरी गाउपालिका वडा नं.२ स्याल्ले खोला स्थित ना ५ त ३६३७ नं.को ट्याक्टको टायरको स्ट्रिङ भाँचिन गई बाटो देखि अं.३०/४० मिटर तला खस्न जाँदा जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. १२ बस्ने बर्ष ४० को लक्षिराम जैसिको बाँया गालामा चोट अवस्था सामान्य र ऐ.ऐ.बस्ने बर्ष ५७/५८ को गणेश अधिकारीको टाउको र देब्रे हातमा चोट अवस्था बोल्न नसक्ने दुबै घाईतेलाई उपचारको लागि चौरजहारी नगरपालिकाको एम्बुलेन्सद्वारा मिसन अस्पताल चौरजहारी पठाईएको ट्याक्टर घट्नास्थलमा, ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा ।