प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी प्रकाउ ।

२०७९-११-०३

  • A
  • A-
  • A+
Share

सुर्खेत, सम्मानित सुर्खेत जिल्ला अदालतको लगत नं. ३२६२ को चेक अनादर मुद्दाको ३ महिना कैद सजाय र रु.३०००/- (तिन हजार मात्र) जरीवाना तोकिएको भैरवस्थान-४ बस्ने बर्ष ४६ को सुरेश बहादुर कठायत फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत बाट सादा पोषाकमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत सुर्खेतमा बुझाउने तयारी गरिरहेको छ । 

सम्बन्धित समाचार
सल्यानमा भिरबाट लडी एक बृद्धको मृत्यु ।
२०७९-१२-१७

सल्यान, जिल्ला सल्यान बागचौर नगरपालिका-३ सेताभिर स्थित भित्री कच्चि सडक खण्डको बाटोमा कुमाख गाउपालिका-६ बडागाँउ बस्ने दयाराम परीयारको श्रीमति बर्ष ७० कि पदमी परीयार मृत अवस्थामा छ भनि स्थानिय डिल्लि बहादुर के.सी.ले टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय थामारे सल्यान जानकारी गराएपश्चात यस कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा SOCO सहित ५ जनाको प्रहरी टोली खटिई गएको । हाल बागचौर नगरपालिका-२ लष्टम  बस्ने छोरी निर्मला दमाईको घरमा बस्दै आएकी, बेला बेलामा घर बाट आफुखुसि हिडने गरेको, निज मृतक सडक बाट बाटो बाट अं.८० मिटर तल तल्लो सडक बाटोमा खस्न गई लडेको जस्तो देखिएको । 

जबरजस्ती करणी सम्बन्धी फरार प्रतिवादी पक्राउ ।
२०७९-१२-१५

 सम्मानित उच्च अदालत सुर्खेतको मिति २०७९/०५/२३ गतेको फैसला आदेशले परिवर्तित नामथर वतन ६३ भक्तपुर २ को जाहेरीले बादी नेपाल सरकार प्रतिवादी छोटु भन्ने समिर अहमद कबडिया भएको जबरजस्ती करणी मुद्दामा २ बर्ष ३ महिना कैद र रु २५,००० जरीवाना भई भागि फरार रहेका प्रतिबादी छोटु भन्ने समिर अहमद कबडियालाई जिल्ला प्रहरी कार्यालय जाजरकोट बाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसंग समन्वय गर्दै खोजतलास गर्ने क्रममा मिति २०७९/१२/१२ गते पक्राउ गरी ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा दाखिला गरेको हुदा निज फरार प्रतिवादिलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उपस्थित गराएपश्चात निजलाई आज मिति २०७९/१२/१४ गते सम्मानित जाजरकोट जिल्ला अदालतमा पेश गरीएकोमा निज प्रतिवादिलाई कारागार चलान गरीएको ।