प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

घरको बरण्डामा खेल्ने क्रममा बालिका घाईते ।

२०८०-०२-०२

  • A
  • A-
  • A+
Share

मिति २०८०।०२।०२ गते अ.०९:०० बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका वडा नं. ४ डाडाँ बस्ने बम बहादुर कार्कीको छोरी बर्ष अ. २ कि आकिर्ति कार्की आफै कच्ची घरको माथिल्लो तलाको बरण्डामा खेल्न क्रममा बरण्डा बाट भुईमा खसी टाउकोमा भित्री चोट लागि उपचारको लागि दुल्लु अस्पताल दुल्लु दैलेखमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेतमा उपचार भईरहेको । अवस्था गम्भिर रहेको । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।