प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी सम्बन्धी ।

२०७९-११-१४

  • A
  • A-
  • A+
Share

जुम्ला ,जिल्ला जुम्ला गुठिचौर गाउँपालिका-१ साधेपानी वस्ने वर्ष ४१ को दत्त बहादुर बि.क.ले आफ्नो झट्केली छोरी वर्ष १६ कि नाबालिकालाई आफ्नै घरको कोठामा जबरजस्ती करणी गरेको भनि प्रहरी चौकी मणिसाँघु जुम्लामा मिति २०७९।११।१२ गते अं. १४:३० बजेको समयमा खवर गरे पश्चात यस चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ३ जनाको टोली र  जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा SOCO सहित ५ जनाको टोली खटि गई थप अनुसन्धानको लागि निज पिडक र पिडितलाई जिल्ला प्रहरी कार्यालय ल्याई राखिएको छ । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।