प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा ।

२०८०-०४-२१

  • A
  • A-
  • A+
Share

जुम्ला, जिल्ला जुम्ला चन्दननाथ नगरपालिका-६ विजयनगर स्थित ऐ.१० बस्ने बर्ष १८ को आवेग भण्डारी र ऐ.७ बस्ने बर्ष १८ को निशान कठायतलाई शंकास्पद हिडीरहेको अबस्थामा फेला पारी चेकजाँच गर्दा निज कठायतले लगाएको सेतो सर्टको खल्तीमा लुकाई छिपाई राखेको लागु औषध (ब्राउन सुगर) जस्तो देखीने खैरो धुलो पदार्थ ३ पुडिया फेला पारी बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्लामा  ल्याई राखिएको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०४-०६

रूकुम पश्चिम, मिति २०८१।०४।०५ गते राति अन्दाजी २१:०० बजेको समयमा जिल्ला रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१४ छेपारे स्थित डोल्पा भेरी करिडोर सडक खण्डमा रुकुम गोतामकोट बाट नेपालगञ्ज तर्फ जाँदै गरेको चालक जिल्ला सल्यान कुमाख गाउँपालिका-५ बस्ने वर्ष ३२ को मदन प्रकास गिरीले चलाउँदै गरेको भे.१ क १७८० नं.को ट्रकमा अबैध अफिम ओसार पसार गरेको छ भन्ने गोप्य सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय आठबिसकोट रूकुमपश्चिमबाट तत्काल प्रहरी टोली खटि गई उक्त ट्रक लाई रोकी चेक जाँच गर्दा उक्त ट्रकमा कालो झोला भित्र कालो प्लोथिनले बेरेको ३ वटा पोकामा नापतौल गर्दा ५ के.जी.५४५ ग्राम तौल भएको अबैध अफिम फेला पारी, ट्रक र चालक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।