प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा ।

२०८०-०९-१९

  • A
  • A-
  • A+
Share

सुर्खेत,

 जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका- ५ बस्ने बर्ष २६ को सुबास खत्रि लाई लागूऔषध व्युरो सुर्खेत बाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा निजको साथ बाट नापतौल नगरेको १९ पुडिया ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरि निज लाई नियन्त्रणमा लिईएको,  थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८०-११-१४

सुर्खेत, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ पिपलडाँडा बस्ने बर्ष ३० को सनतराज बोगटिको घरमा लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध ब्युरो कर्णाली प्रदेश सुर्खेत शाखा बाट खटिएको प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटिकोईलि सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले निजको घरमा चेक जाँच गर्दा निजको घरको सुत्ने कोठा र घरको छतमा लुकाई छिपाई राखेको अवस्थामा नापतौल नगरेको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ८४ पुडिया, ठुलो २ पोका, निजले प्रयोग गर्ने भे.५ प. ५६४१ नं. को मोटरसाईकल  र कैचि थान १ सहित बरामद गरी निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको ।