प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दैलेख पाल्तडामा हाईस दुर्घटना हुदा १४ जना घाईते ।

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

मिति २०७९।१०।१७ गते अ.१७:०० बजेको समयमा जिल्ला दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ रामाघाट स्थित कार्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जादै गरेको क.प्र.०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी सडक बाट अ.८० मिटर तल कर्णाली नदीको किनारमा खस्न गई घाईते भई  उपचारको लागि स्थानिय मेडिलकमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको । उक्त घटनास्थलमा प्रहरी टोलि खटिगएको चालक प्रहरीको नियन्त्रणमा ।

  निम्न:-घाईतेहरुको विवरण

1=  जिल्ला अछाम तुर्माखाँद गा.पा.७ बस्ने बर्ष २३ को एकेन्द्र देवकोटा टाउको ढाड र खुट्टामा चोट ।

2=  जिल्ला ईलाम मासेबुङ गा.पा.२ बस्ने बर्ष ३३ को समिर मुखीया ढाड छातिमा चोट ।

3=  जिल्ला खोटाङ हलेसि तुम्बाङचुङ न.पा.७ बस्ने बर्ष ३० को देवान राई ढाड टाउको मा चोट, अवस्था सिरियस ।

4=  जिल्ला दैलख भगवतींमाई गा.पा.२ बस्ने बर्ष २३ को जिबन बोहोराको टाउको खुट्टामा चोट ( सहचालक )

5=  जिल्ला अछाम पंचदेवल बिनायक न.पा.९ बस्ने बर्ष ४३ को राम प्रशाद जैशि टाउको ढाड खुट्टामा चोट, अवस्था सिरियस ।

6=  जिल्ला अछाम तुर्माखाद ७ बस्ने बर्ष ६५ को बद्री जैशी टाउको खुट्टामा चोट, अवस्था सिरियस।

7=  जिल्ला अछाम पंचदेवल बिनायक न.पा.५ बस्ने बर्ष २६ को हरि बि.क. टाउको खुट्टामा चोट, अवस्था सिरियस ।

8=  जिल्ला दैलेख आठबिस न.पा. ५ बस्ने बर्ष ७० को कलम बि.क. टाउको ढाडमा चोट, अवस्था सिरियस।

9=  ऐ.६ बस्ने बर्ष २५ को जगत प्र.आचार्य टाउको खुट्टामा चोट,

10= ऐ.ऐ.४ बस्ने बर्ष २५ को गोरख ब. माझि टाउको खुट्टामा चोट,

11= पुर्ण ब. लामिछाने मगर ( चालक प्रहरी चौकि पाल्तडाको नियन्त्रणमा )

12= जि.दैलेख आठबिस न.पा-७ बस्ने बर्ष १४ को प्रकाश बि.क, ढाडमा चोट,

13= जिल्ला धादिङ धुनेबेसि न.पा. १ बस्ने बर्ष ३८ को झिल्के तामाङ छाति खुट्टमा चोट । ( डिस्चार्ज भएको)

14=जिल्ला कालिकोट पन्चला झरना ४ बस्न बर्ष ३६ को अग्रलाल सिजुवाल टाउको खुट्टमा चोट । ( डिस्चार्ज भएको) 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।