प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

५ बर्ष सम्म श्रीमानको सव शौचालयको खाडलमा पुरी राखेको अवस्थामा फेला ।

२०७९-१०-१८

  • A
  • A-
  • A+
Share

जिल्ला जाजरकोट भेरी नगरपालिकावडा नं ६ सिस्ने बस्ने बर्ष ४७ काले कामीलाई २०७४।९।३० गते राती आफ्नै श्रीमती भद्ररकला कामीले लाठ्ठीले निधारमा हानी कर्तव्य गरी मारी निज भद्रकला कामी र निजका छोराहरु गोबिन्द बि.क. तुल्सीराम बि.क.ले  शब घर नजिकै रहेको शैचालयको खाडलमा पुरेको गोप्य सुचना मिति २०७९।१०।१७ गते  जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्राप्त भएको । 

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटना स्थलमा पुगी शौचालयको खाडल खनी उत्खनन् गर्दा पुरै दात सहितको खप्पर (टाउको),प्लाष्टीकको डोरीले बाँधीएको ज्याकेट,पाईन्ट  सोही ज्याकेट पाईन्ट भित्र मानव कंगाल हड्डिहरु फेला परेको ।

आवश्यक अनुसन्धानका लागी भद्रकला कामी र तुल्सीराम बि.क.लाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई थप अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।