प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सल्यानमा घर बनाउने क्रममा लडी मृत्यु ।

२०७९-१२-१०

  • A
  • A-
  • A+
Share

सल्यान, जिल्ला सल्यान शारदा नगरपालिका वडा नं. १ श्रीनगर बस्ने पुष्पा बस्नेतको घर बनाउने क्रममा दारिमजिउला बस्ने बर्ष अं. ५२ को डिल्लि बहादुर चनारा एक्कासी बाँसको भर्‍याङ बाट लड्न गई टाउकोमा गहिरो चोट लागी उपचारको लागि निजको भाई गोबिन्द चनाराले जिल्ला अस्पताल सल्यानमा ल्याई उपचार भई रहेको अबस्था उपचारको क्रममा मृत्यु भएको, थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सल्यान बाट  Soco सहित ५ जनाको प्रहरी टोली खटिई गएको । 

सम्बन्धित समाचार
सर्पले टोकि मृत्यु भएको ।
२०८०-०६-०१

दैलेख, जिल्ला दैलेख ठाटिकाँध गाउँपालिका-१ नुवावन बस्ने धर्म शाहीको छोरी बर्ष १८ कि कल्पना शाहीलाई आफ्नै घरमा सुतिरहेको अबस्थामा बायाँ हातको माझी औलामा बिषालु सर्पले टोकेकोमा उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रा दैलेखमा ल्याई उपचार गर्ने क्रममा ऐ.०१:१५ बजे मृत्यु भएको, साथमा निजको आमा रहेको भन्ने स्थानियले ऐ.०१:२० बजे खबर गर्न साथ प्रहरी चौकी ठाटिकाँधबाट ३ जनाको टोलि र थप अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखबाट ६ जनाको प्रहरी टोलि खटिइ गएको प्रारम्भिक कार्य सम्पन्न पश्चात लास पोष्टमार्टमको लागी दुल्लु अस्पताल दुल्लु दैलेख तर्फ पठाइएको, लाश पोष्टमार्टम पश्‍चात मृतकको अंकल अमर शाहिले बुझिलिएको ।