प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेश - परिचय

    १.   परिचय

''सेवा नै धर्म हो'' भन्ने भावनाले अभिप्रेरित नेपाल प्रहरीमा कार्यरत राष्ट्र सेवकहरुका परिवार (श्रीमती) लाई सामाजिक सेवाको लागि अभिप्रेरित गरी राष्ट्र सेवाको पुनित कार्यको लागि संगठित गर्न, राष्ट्रमा समयसमयमा आईपर्ने विभिन्न प्रकारका दैविक प्रकोपहरु लगायत मानविय सेवाका विविध क्षेत्र जस्तो शिक्षा, स्वास्थ्य, खेलकुद र आर्थिक क्षेत्रहरुको सुधार, विकास र उन्नतिको लागि आफुहरुमा अन्तर्निहित साधन, श्रोतको उपयोग वा विभिन्न माध्यमहरु मार्फत सहयोग पुर्‍याई लोक कल्याणकारी सेवा उपलव्ध गराउने पवित्र उद्देश्य लिई राष्ट्र र समस्त नेपालीको उन्नति, प्रगति एवं विकासको वृहत्तर सोचका साथ मिति २०४१ साल भाद्र ४ गते यस नेपाल प्रहरी श्रीमती संघ (Nepal Police Wives Association) नामक मुनाफा रहित संस्थाको स्थापना भएको हो । यस संघको प्रधान कार्यालय भृकुटीमण्डप काठमाण्डौंमा रहेको छ । संघले स्थापना काल देखि नै प्रहरी परिवारका महिलाहरुको मात्र नभएर समग्र महिलाहरुको सीप विकास, आय आर्जन, क्षमता अभिवृद्धि, विभिन्न विषयहरुमा सचेतनाको लागि कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । साथै अमर प्रहरी, घाईते, दीर्घ रोगी आदिका सन्ततीहरुलाई छात्रवृत्ति, आर्थिक सहयोग, सहाराविहिन वृद्ध, वृद्धाहरुलाई राहत सहयोग तथा स्वास्थ्य शिविरहरु पनि संचालन गर्दै आईरहेको छ ।

 

     २.    उद्देश्य

·       अमर प्रहरी, घाईते, दीर्घ रोगी प्रहरीका सन्ततीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने ।

·         वहालवाला, सेवा निबृत्त, घाईते, अमर प्रहरी कर्मचारीहरुका परिवार तथा एकल महिलाहरुको बृत्तिविकास एवं आय आर्जनको लागि सिप तथा रोजगार मुलक तालिमहरुका साथै समसामयिक चेतनामूलक कार्यक्रम समेत संचालन गर्ने ।

·         प्रहरी कर्मचारीका परिवारलाई स्त्रीरोग लगायत अन्य विभिन्न स्वास्थ्य सम्बन्धी परामर्श, परिक्षण तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने ।

·         समाज सेवाका विविध क्षेत्रमा मानविय सेवाका विभिन्न चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने ।

·         घरबारबिहीन वृद्ध–वृद्धाहरुलाई सहयोग उपलव्ध गराउने ।

·         बाढी पहिरो, भुकम्प, आगलागी जस्ता दैवि प्रकोप पीडितहरुलाई आर्थिक सहयोग तथा राहत सामाग्री प्रदान गर्ने ।

·         दुर्ब्यसनीमा फसेका युवाहरुलाई कुलतबाट हटाई सुमार्गमा ल्याउनका लागि सुधार गृह सञ्चालन गर्ने ।

·         प्रहरी कर्मचारीका बालबालिकाहरुलाई हेरचाह तथा शैक्षिक विकासको लागि दिवा शिशु स्याहार केन्द्रको संचालन गर्ने ।

३.         नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशको कार्य समिति गठन

 १. अध्यक्ष      श्रीमती सुमन श्रेष्ठ                            नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश, सुर्खेत

२. उपाध्यक्ष    श्रीमती सुमिता श्रेष्ठ                          नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश, सुर्खेत

३. उपाध्यक्ष    श्रीमती दिपा शाही                          नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश, सुर्खेत

४. सचिव       श्रीमती भुमिका तारमी घर्ती मगर        नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश, सुर्खेत

५. सह सचिव श्रीमती मिना कुमारी शर्मा                  नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश, सुर्खेत

६. कोषाध्यक्ष श्रीमती करिष्मा बैगार                       नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश, सुर्खेत

७. सदस्य       श्रीमती रोशनी राना                         नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश, सुर्खेत

८. सदस्य       श्रीमती देविका कार्की                      नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश, सुर्खेत

९. सदस्य       श्रीमती जानकी शाही                      नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश, सुर्खेत

१०. सदस्य     श्रीमती अस्मिता खनाल                  नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश, सुर्खेत

११. सदस्य     श्रीमती गायत्री के.सी .                    नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेश, सुर्खेत