प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुनैपनि बिल नभएको अवैध सामान बरामद ।

२०८०-०३-१५

  • A
  • A-
  • A+
Share

सुर्खेत, महेन्द्रनगर देखी सुर्खेत तर्फ आउदै गरेको ना.७ ख.३७४ न.को बस लाई वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुना सुर्खेत स्थित जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ४ जनाको प्रहरी टोलीले चेक चाँज गर्ने क्रममा उक्त बसमा अबैध रुपमा ल्याएको कुर्ती १४१ पिस, सुरुवाल कुर्ता ४ पिस, सुपर पावर सुर्ती ३८ पिस बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा राखीएको । 

सम्बन्धित समाचार
नेपाल प्रहरी बिधिबिज्ञानको सई हु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०५-२५

प्रहरीको सई बनेर विभिन्न १६ जिल्लामा ठगी गर्ने २ जना पक्राउ परेका छन् । जिल्ला दैलेख गुराँस गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २७ को बिकाश बि.सी. लाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटी गएको प्रहरी टोलीले मिति २०८१।०५।३ गते साँझ १७:३० बजेको समयमा गुराँस गा.पा.वडा नं.६ दैलेखबाट र जिल्ला बाँके राप्तीसोनारी गाउपालिका वडा नं. ७ लालपुर बस्ने बर्ष ३६ को लोक बहादुर खाणलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।१८ गते राती २२:३० बजेको समयमा जिल्ला सुर्खेत लेकबेशी न.पा. वडा नं. २ स्थित दशरथपुरबाट पक्राउ गरेको हो ।   आफुहरु प्रहरीको बिधिबिज्ञानको सई भएको बताउँदै निज हरुले दैलेख, जाजरकोट, कालिकोट, सल्यान, भोजपुर, तेह्रथुम, मोरङ, रोल्पा, सुर्खेत, उदयपुर, संखुवासभा, दाङ, म्याग्दी, स्याङ्जा, धनकुटा र बाँके लगायत १६ जिल्लाका ब्यक्तिहरुलाई निजहरुको आफन्तको बिभिन्न मुद्दाका पीडित र पीडकको स्वास्थ्य परिक्षणको क्रममा संकलन भएको स्वाव परिक्षणको परीक्षण प्रतिवेदन चाँडो झिकाई मुद्दा मिलाई मानिस छुटाई दिन्छु भनी आफ्नो नाम पुर्ण बहादुर देउवा/बिनोद खाण बताई ९७६६२०७५९३ नम्बरको मोबाईलबाट निजहरुलाई ठगी गर्ने गरेको पाईएको छ ।   हालसम्मको अनुसन्धानबाट बिभिन्न जिल्लाका १८ जना ब्यक्तिहरुबाट मुद्दा मिलाई दिन्छु भनी नगद रु.५,०६,५३५ (पाँच लाख छ हजार पाच सय पैतीस)  ठगी गरेको खुल्न आएको छ । हाल निज प्रतिबादीहरुलाई सम्मानित दैलेख जिल्ला अदालत, दैलेखबाट म्याद थप अनुमति लिई हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।  

लागु औषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०५-२३

सुर्खेत, जिल्ला सुर्खेत बराहताल गाउँपालिका-९ घर भइ हाल  वीरेन्द्रनगर नगरपालिका-८ खजुरा बस्ने बर्ष २८ को चन्द्र बहादुर बुढाथोकी र वीरेन्द्रनगर नगरपालिका-३ बस्ने बर्ष २६ को भुवन भण्डारी लाई लागूऔषध नियन्त्रण ब्यूरो नियन्त्रण शाखा, सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले शंका लागी चेक जाँच गर्ने क्रममा निजहरुको साथ बाट १ पुडिया (नापतौल गर्दा १८ ग्राम ५४० मिलिग्राम) लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र नगद रु. १० हजार ९०० सहित बरामद गरी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई थप अनुसन्धान भईरहेको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८१-०५-११

सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला जुम्ला हिमा गाउँपालिका-३ स्थायि घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बुलबुले नजिक एक होटेलमा कोठा लगी बसेको बर्ष २३ को प्रकाश नाथ योगीलाई चेक जाँच गर्ने क्रममा निजको साथबाट ७ पुडिया लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (नापतौल गर्दा  १० ग्राम ४० मिलि ग्राम), मोबाइल १ थान र नगद रु. ४३,५००( अक्षेरूपि रू त्रिचालिस हजार पाँच सय) सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धाका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई अनुसन्धान भईरहेको ।